यस्तो रहनेछ आगामी तीनदिनसम्मको मौसम

काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापिय रेखा नेपालको तराई भूभागभन्दा दक्षिण तिर अवस्थित छ र विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने देखिएको महाशाखाले जनाएको छ ।

हाल देशको पूर्वी, पश्चिमि तथा मध्य पहाडी भूभागमा सामान्य बदलीको अवस्था रहेको छ । साथै ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा भइरहेको देखिन्छ । मध्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन १७ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना छ । पश्चिमी पहाडि भूभागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार १८ गते (शनिबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

साउन १९ गते (आइतबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमि भूभागका केही स्थानहरुमा तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको केही स्थानमा मेघगर्जन र चट्याङ्ग पर्ने सम्भावना रहेको तथा पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध छ ।

सम्बन्धित खवर

Back to top button