मोटरसाइकलले ठक्करदिँदा पैदल यात्रीको ज्यान गयाे
चितवन : मोटरसाइकलको ठक्करबाट भरतपुरमा एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका–९ का १९ वर्षीय प्रदीप सुनारको रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नारायणगढबाट चौविसकोठीतर्फ गइरहेको ना ४८ प ७०६४ नम्बरको मोटरसाइकलले पैदल यात्री सुनारलाई विहीवार राति ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते सुनारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा राति १२ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक बर्दियाको गुलरिया नगरपालिका–८ का २२ वर्षीय अविषेक शर्मा पनि घाइते भएका छन्। टाउको र हातमा चोट लागेका उनको उपचार भइरहेको छ।