कतै यात्रामा निस्कदै हुनुहुन्छ ? यस्तो छ आजको मौसम

काठमाडौं, १८ साउन : मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग भन्दा दक्षिण तिर अवस्थित छ र बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने देखिन्छ ।

देशभर आंशिकदेखि सामान्य बदली रहेको छ साथै पश्चिम तराई लगायत पुर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा वर्षा भैरहेको छ।

श्रावण १८ गते (शनिबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ।

रातीः देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ ।

सम्बन्धित खवर

Back to top button