विप्लवकाे कडाचेतवानीः प्रहरीलाई पक्राउपुर्जी, अटेर गरे इन्का उन्टर
कैलाली, १८ साउन : प्रहरीले देशभर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई प क्राउ गरी मुद्दा चलाइरहेका बेला कैलालीमा विप्लवको पार्टीले प्रहरीवि रुद्ध नै प क्राउ पुर्जी जारी गरेको छ। जनअदालतको नाम दिएर नेकपाले राष्ट्रिय अनुसन्धान विभागका एक असईलाई ‘प क्राउ पुर्जी’ जारी गरेको हो।
कैलाली जनअदालत प्रमुख विकासको नामबाट शुक्रबार जारी प क्राउ पुर्जीमा राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरलाई ‘२५ दिनभित्र उपस्थित हुन’ भनिएको छ। कुँवरको घर आसपास सार्वजनिक स्थानहरू टाँसिएको उक्त पुर्जीमा लेखिएको छ– ‘कैलालीको वर्दगोरीया गाउँपालिका–१ साझा भन्ने ठाउँमा बस्ने नवराज कुँवरका छोरा भैरव कुँवरलाई २५ दिनभित्र जनअदालतमा उपस्थित हुन पक्राउ पुर्जी जारी गरिएको हो।’
अनुसन्धान विभागमा असई पदमा कार्यरत कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अ पहरण र ज्यान मा र्ने उद्योग गरेको आरोप लगाइएको छ। ‘बाटोका म्यादबाहेक २५ दिनभित्र आफैं वा प क्राउ पुर्जी बमोजिम प क्राउ परी यस अदालतमा हाजिर हुन आउनु होला’, उक्त पुर्जीमा उल्लेख छ।
हेर्नुस् जस्ताकाे तस्तैः