वडा कार्यालयमा सिलिन्डर ब मविष्फोट

रामेछाप : रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर-३ भिरपानीस्थित वडा कार्यालयमा शुक्रबार राति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले सिलिण्डर ब मप ड्काएका छन्। विष्फोटपछि वडा कार्यालयको कम्प्युटर, कागजातसहित सामान जलेर नष्ट भएका छन् ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले वडा कार्यालयको भवनमा गाडीको पुरानो टायरको बीचमा भरेको सिलिण्डर ग्यास राखेर आगो लगाएका थिए । सिलिन्डर ग्यासविष्फोट हुँदा वडा कार्यालयको भवन चर्किएक छ ।

शुक्रबार राति गराइएको विष्फोटबारे शनिबार बिहान स्थानीयले थाहा पाएका थिए। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। घटनाबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए।

सम्बन्धित खवर

Back to top button