रक्षामन्त्रीले भने ‘सार्वजनिक जग्गा अतिक्रमण बढ्यो’

काठमाडौं : काठमाडौंमा सार्वजनिक जग्गा अतिक्र मण गर्ने क्रम बृदि भएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् । सार्वजनिक जग्गा अतिक्र मण गरी आफ्नो नाममा बनाउन नेता-वकिल-केही सञ्चार क्षेत्र लागेको मन्त्री पोखरेलको आरोप छ ।

आज बौद्ध रामनगरस्थित लाखे पोखरी लोकतान्त्रिक पार्क उद्घाटन गर्दै मन्त्री पोखरेलले भने, ‘अहिले के देखिएको छ भने काठमाडौँका धेरै ठाउँमा सार्वजनिक सम्पत्ति अतिक्र मण गर्ने, सार्वजनिक जमिन आफ्नो बनाउने नेटवर्किङ सेटिङ छ, विभिन्न राजनीतिक पार्टीका मान्छे टोपी लगाएर उभिएका हुन्छन् । कालो कोट लगाउने वकिल, सञ्चार क्षेत्रमा काम गर्ने व्यक्ति र विभिन्न व्यवसाय गर्ने मान्छेहरू सेटिङमा हुन्छन् ।’

जुनसुकै प्लेटफर्मबाट आएका व्यक्ति भएतापनि सार्वजनिक सम्पत्ति कब्जा गर्ने, खोस्न चाहने र खान चाहनेहरू सामाजिक अप राधी भएकोले उनीहरूका वि रुद्ध एकजुट भएर लाग्नुपर्ने मन्त्री पोखरेलले बताएका छन् । उनले भने, ‘पार्टी आफ्ना-आफ्ना होलान् सामाजिक अप राधका वि रुद्धमा हामी एक हुनुपर्छ ।’

सम्बन्धित खवर

Back to top button