यस्ताे रहनेछ तीनदिनसम्म देशभरकाे माैसम
काठमाडौं : मनसुनको न्युनचापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिणतिरबाट नेपालतर्फ सर्दै गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाले हाल देशभरी आंशिकदेखि सामान्य बदली रहेको र पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको समेत उल्लेख गरेको छ । आज दिउँसो आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघ गर्जनसहित चट्या ङ र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।
यस्तै आज राति आंशिकदेखि सामान्य बदली रही देशको मध्य र पूर्वका केही स्थानहरुमा तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । पूर्व र मध्य पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । भोलि सोमबार देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ पर्न सक्ने र पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याइएको छ ।
मंगलबार पनि देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने र बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानहरुमा तथा मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन र चट्याङ पर्ने सम्भावना रहेको तथा मध्य र पूर्वी पहाडी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
१९ गते– देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनका साथै चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना छ। २० गते– देशको मध्य र पुर्वका केही स्थानहरुमा तथा पश्चिमि भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ ।