सश स्त्र प्रहरीका तीन एआईजीको सरुवा, सीमा सुरक्षा विभागमा थापा

काठमाडौं : सरकारले सश स्त्र प्रहरी (एपिएफ) का ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । प्रहरी कार्य तथा सीमा सुरक्षा विभागका पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

त्यस्तै, मानवस्रोत साधान विभागमा कार्यरत नारायणबाबु थापाको सीमा सुरक्षा विभागमा र मानव स्रोत साधन विभागमा रामशरण पौडेलको सरुवा भएको छ ।

पौडेल यसअघि प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए । सरकारले केही समयअघि सशस्त्र प्रहरीका एसपी र एसएसपीहरुको सरुवा गरेको थियो ।

सम्बन्धित खवर

Back to top button