अमेरिकामा अर्काे भयानक गाेलावारी, रुसमा ६ सय भन्दा धेरै प्रद र्शनकारी एकैपटक प क्राउ

सुडानमा संवैधानिक घोषणापत्र सार्वजनिक
सुडान : सुडानमा सेना र आन्दोलनकारी दलको गठबन्धनले साझा संवैधानिक घोषणापत्रमा हस्ताक्षर गरेका छन् । उक्त घोषणापत्रले अब यहाँ अन्तरिम सरकार गठनका लागि संवैधानिक मार्ग खुलाएको छ । साथै नागरिक सर्वोच्चता पनि स्थापित हुनेछ । ओमर अल बसिरलाई अपदस्थ गरी सेनाले सत्ता हत्याएपछि लामो आन्दोलनसँगै सुडानमा राजनीतिक अस्थिरता थियो । दुई पक्षबीच सहमतिसँगै राजनीतिक स्थिरतता सम्भव भएको हो । यसका लागि वाह्य मध्यस्तताको पनि भूमिका रहँदैआएको छ ।

जापानमा ६ दशमलब २ म्याग्निच्युडको भूकम्प
टोकियो : जापानमा आइतबार ६ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको छ । फुकुसिमालाई केन्द्रविन्दु बनाएर गएको भूकम्प ५० किलोमिटर गहिराइको भएको स्थानीय मिडियाले जनाएका छन् । यद्यपि भूकम्पपछि सुनामीको खतरा नरहेको बताइएको छ । जापानमा भूकम्प जानु सामान्य जस्तै भए पनि भूकम्पपछिको सुनामीबाट जनजीवन प्रभावित हुने गरेको छ ।

गल्फसँग अमेरिकाले समुद्री गठबन्धन गर्ने
सिड्नी : अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले गल्फ क्षेत्रसँग समुद्री गठबन्धधन गर्नेमा विस्वस्त रहेको बताएका छन् । आइतबार अष्ट्रेलियामा अमेरिकी नीतिबारे बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । यूरोपियन तथा एसियन गठबन्धनका बावजुद अमेरिकाले नयाँ गठबन्धन गर्नसक्ने पोम्प्योको भनाइ थियो । सिड्नीमा पोम्प्योसँगै रक्षामन्त्री मार्क एस्परले समेत अमेरिकाको सुरक्षा नीतबिारे बोलेका थिए ।

इरानले फेरि विदेशी तेल ट्याङ्कर ज फत गर्‍याे
तेहरान : इरानले फेरि अरु तेल ट्याङ्करलाई ज फत गर्नुका साथै सातजना चालक दलका सदस्यलाई निय न्त्रणमा लिएको छ । अमेरिका र अरेबिक गठबन्धनसँग तना ब बढेसँगै इरानले एक महिनामै तेस्रो पटक तेलका ट्याङ्कर ज फत गरेको हो । लाखौँ तेल अ वैध रुपमा त स्करी हुने गरेको भन्दै उसले यसरी ज फत गरेको जनाएको छ ।

रुसमा ६ सय भन्दा धेरै प्रद र्शनकारी एकैपटक प क्राउ
मस्को : रुसमा निष्पक्ष निर्वाचनको माग गर्दै जारी आ न्दोलनका बीच प्रद र्शनकारी प क्राउ पर्ने क्रम रोकिएको छैन । आइतबार मात्रै प्रहरीले फेरि ६ सय भन्दा धेरै प्रद र्शनकारीलाई प क्राउ गरेको छ । राजधानी मस्कोमा प्रद र्शनमा उत्रिएका विपक्षी दलका समर्थक तथा अन्य युवालाई प्रहरीले एकैपटकमा प क्राउ गरेको हो । यसअघि पनि प्रहरीले १४ सय भन्दा धेरै प्रद र्शनकारीलाई एकैपटक प क्राउ गरेको थियो ।

अमेरिकामा फेरि गोलाबारी : ९ जना मा रिए, २६ घा इते
अमेरिका : अमेरिकाको ओहिओ राज्यको ड्याटनस्थित भएको हमलामा ९ जना मा रिएका छन् । अरु २६ जना घा इते छन् । आइतबार एकाबिहानै गोलाबारी भएको यहाँको प्रहरी र स्थानीय मिडियाले जनाएका छन् । हम ला गर्ने व्यक्तिको समेत मृ त्यु भइसकेको बताइएको छ । यससँगै अमेरिकामा पछिल्लाे २४ घण्टाकाे अवधिमा २९ जनाकाे ह त्या भइसकेकाे छ ।

अमेरिकी राष्ट्रपति पाकिस्तान आउनसक्ने
इस्लामाबाद : पाकिस्तानी मिडिया ‘डन’का अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प नै पाकिस्तानमा छिट्टै आउनसक्ने छन् । डनले अमेरिकी उच्च कुटनीतिक स्रोतको हवाला दिँदै ट्रम्प यसका लागि सहमत भएको जनाएको छ । तर अफगान शान्ति सम्झौता निचोडमा पुगेको खण्डमा अमेरिकी राष्ट्रपति पाकिस्तान आउने उल्लेख छ । त्यसो त, इमरान खानले ट्रम्पलाई भेटेर निम्तो दिँदा पनि उनी सहमत भएको बताइएको थियो ।

सम्बन्धित खवर

Back to top button