satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

ग्लोबल टी–२० मा पनि सन्दीप गरे कमाल

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
598
को हुन् विश्वकै सर्वाधिक विकेट लिने सन्दीप ?

काठमाडौ : ग्लोबल टी–२० क्यानडामा टोरन्टो नेशनल्सले जित हात पारेको छ । टोरन्टोले मोन्ट्रेयल टाइगर्सलाई चार विकेट हराउँदा सन्दीप लामिछानेले एक विकेट लिए ।उनले चार ओभर बलिङ गर्दा २८ रन दिएर एक विकेट लिए । १६औँ ओभरको पहिलो बलमा सन्दीपले म्याथ्यु क्रसलाई एलबीडब्यूको धरापमा पारेका थिए ।सन्दीपले एक विकेट लिँदा जेरेमी गोर्डोन र सल्मान नजरले भने दुई दुई विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको मोन्ट्रेल टाइगर्सले २० ओभरमा नौ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । उसका लागि कायल कोट्जरले सर्वाधिक २६ रन बनाउँदा अन्य खेलाडी सस्तैमा आउट भए ।१३७ रनको लक्ष्य टोरन्टोले १७.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । टोरन्टोका लागि चिराग सुरीले ५२ रनको अर्धशतकीय योगदान दिए । यस्तै क्रिश ग्रिनले अविजित ३० रन बनाए भने हेनरिक क्लासेनले २० रन र रवीन्दरपाल सिंहले १५ रन जोडे ।

यो पनि पढ्नुहोस
पोग्बा युनाइटेडमै रहन्छन्- इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सकरले आफ्ना प्रभावशाली मिडफिल्डर पल पोग्बाले क्लब नछाडने दाबी गरेका छन्। ‘शंका नगर्नुस्, पल पोग्बा यो सिजन म्यानचेस्टर युनाइटेडमै रहन्छन्’, प्रशिक्षक सोल्सकरले भनेका छन्। विश्वकप विजेता फ्रान्सेली टोलीका सदस्य पोग्बा इन्टरनेसनल च्याम्पियन्स कपको फाइनल खेलमा टोलीमा उपस्थित थिएनन्। उक्त खेलमा म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एसी मिलानलाई पेनाल्टी सुटआउटमा हराएको थियो। प्रशिक्षक सोल्सकरले स्वास्थ्य समस्याका कारण २६ वर्षीय पोग्बालाई उक्त खेलमा सहभागी नगराइएको बताए। ‘पोग्बा पिठ्यूँको समस्याबाट पीडित छन् त्यसैले हामीले उनलाई खेलाएर जोखिम मोल्नु उचित ठानेनौं’, एसी मिलानविरुद्घको खेलमा पोग्बालाई नखेलाउ नुको कारणबारे प्रशिक्षक सोल्सकरले भने। पोग्बाकै सहमतिमा उनलाई टोलीमा समावेश नगरिएको जानकारी पनि सोल्सकरले दिए।

‘नियमित अभ्यासपछि मैले पोग्बासँग सल्लाह गरेको थिएँ। उनले आफू पूर्णरूपमा स्वस्थ्य नरहेको बताए। उनको पिठ्यूँमा सामान्य पीडा भइरहेको थियो। त्यसैले उनलाई टोलीमा समावेश गरिएन’, उनले भने, ‘नयाँ सिजन सुरु हुनुअघि अनुभवी खेलाडीहरूको चोटलाई लिएर हामी सचेत हुनैपर्छ।’ पछिल्लो समय पोग्बा स्पेनिस क्लब रियल म्याड्रिड जान सक्ने चर्चा पनि चलिरहेको छ। पोग्बा सन् २०१६ देखि म्यानचेस्टर युनाइटेडमा आबद्ध छन्। त्यसअघि उनले चार वर्ष इटालियन क्लब युभेन्ट्सबाट व्यावसायिक फुटबल खेलेका थिए। युभेन्ट्समा आबद्ध हुनुअघि पनि उनी म्यानचेस्टर युनाइटेडमै थिए। प्रशिक्षक सोल्सकरले अर्को इङ्लिस क्लब लेस्ट सिटीका सेन्टरब्यक ह्यारी माक्विरेलाई छिट्टै क्लबमा भित्र्याउन लागिएको जानकारी पनि दिए। इङ्ल्यान्डका राष्ट्रिय टोलीका खेलाडी ह्यारीलाई आठ करोड पाउन्डमा म्यानचेस्टर युनाइटेड भित्राउन लागिएको हो। २६ वर्षीय ह्यारी सन् २०१७ देखि लेस्टर सिटीमा आबद्ध छन्।

यो पनि पढ्नुहोस.. डर्टमन्डलाई जर्मन सुपर कप उपाधि- जर्मन सुपर कप फुटबलको उपाधि बोरुसिया डर्टमन्डले जितेको छ। डर्टमन्डको घरेलु मैदान सिग्नल इन्डुना पार्कमा आइतबार बिहान भएको खेलमा खेलमा डर्टमन्डले बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखलाई २–० गोलले हराउँदै उपाधि जितेको हो। यससँगै डर्टमन्डले छैटौं पटक सुपर कप उपाधि जित्न सफल भयो।यसअघि लगातार तीन वर्ष यस उपाधि जितेको बायर्नलाई यस पटक नमीठो झट्का लाग्यो। बायर्नले खेलभर कमजोर प्रदर्शन गरेको थियो। बायर्नले यसअघि सात पटक सुपर कप उपाधि जितेको थियो। डर्टमन्डको जितमा पाको अल्कासेरले ४८औं मिनेटमा खाता खोलेका थिए। ६९औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै डर्टमन्डलाई उपाधि नजिक पु¥याएका थिए। दोस्रो हाफको अन्तिमसम्म गोल फर्काउन प्रयासरत बायर्नको प्रयास सफल बन्न सकेन। त्यसपछि डर्टमन्ड सिजनको पहिलो उपाधि जित्न सफल भयो। जर्मन लिग विजेता र डीएफबी पोकलको विजेताबीच हरेक वर्ष सुपर कप खेलिन्छ। सुपर कप जर्मन बुन्डेस लिगअन्तर्गत प्रिसिजन अघिको ठूलो प्रतियोगिता हो।

यसैगरी प्रिसिजन टुरअन्तर्गत बेल्सस्थित मिलेनियम स्टेडियममा शनिबार राति भएको इन्टरनेसनल च्याम्पियन्स कपमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एसी मिलानलाई टाइब्रेकरमा ५–४ गोलले हराएको छ। निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा युनाइटेडले बाजी मारेको हो। निर्धारित समयमा युनाइटेडले सुरुआती अग्रता लिएको थियो। युनाइटेडका मार्कस रासफोर्डले १४औं मिनेटमा खाता खोलेका थिए। त्यसपछि २६औं मिनेटमा मिलानका सुसोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। ६०औं मिनेटमा युनाइटेडका भिक्टोर निल्सन लिन्डेलोफले आत्मघाती गोल गरेपछि खेलमा मिलानले अग्रता बनायो। युनाइटेडले ७२ मिनेटमा बराबरी गोल गरेको थियो। युनाइटेडका जेसे लिङगार्डले बराबरी गोल गरेका थिए। त्यसपछि पेनाल्टीमा युनाइटेड सबै प्रहारमा सफल भयो। मिलानका चार खेलाडीले मात्र गोल गर्न सकेका थिए।

Related Posts

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने
अर्थ

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

by सत्कार पोष्ट
0

जाजरकोट २९ असार : जिल्लाको शिवालय गाउँपालिकाले करारमा रहेका कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेको छ । असार २८ गते बसेको...

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर
कर्णाली प्रदेश

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर

by सत्कार पोष्ट
0

दिपेन्द्र थापा मगर जाजरकोट २६ असार : जिल्लाको पश्चिम भागमा रहेको  शिवालय गाउँपालिका वडा नम्बर १ स्यापीमा बुवा लाल बहादुर...

१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

बोका जुनियर्सलाई म्यारोडोना कपको उपाधि

नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रिय सदस्य एवंम कर्णाली प्रदेशको प्रमुखमा-हरि बिष्ट

नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रिय सदस्य एवंम कर्णाली प्रदेशको प्रमुखमा-हरि बिष्ट

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.