त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुनसहित एक महिला पक्राउ


काठमाडाैं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ केजी सुनसहित एक चिनिया महिला पक्राउ परेकी छन्। हङकङबाट आएको ड्रागन एयरको के ए १०४ जहाजका यात्रु २३ वर्षीय लि निङसिङ पक्राउ परेको विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरले पुष्टि गरे।
उनले भने ‘आइतबार राति १० बजेर ५० मिनेटमा उनले लगेजमा खैरो कपडाले बेरेर राखेको सुन एक्सेरमा शंका लागेर फेरि जाँच गर्दा फेला पारेका हौं।’ उनलाई राति नै प्रहरी कार्यालय कोटेश्वरमा राखिएको ठाकुरले जनाकारी दिए।



उनलाई थप अनुसन्धानका लागि म्याद थप गर्न काठकाडौं जिल्ला अदालत लगिएको समेत ठाकुरको भनाइ छ। बजार मूल्य अनुसार बरामद सुनको मूल्य करिब सवा २ करोड रुपैयाँ पर्छ।