सुनको मूल्य अहिलेसम्मकै उच्च
काठमाडौं : सोमबार सुनको मुल्य हालसम्मकै उच्च भएको छ । आइतबार प्रतितोला ६६ हजार ३ सयमा कारोबार भएको सुन सोमबार १५ सयले बढेर ६७ हजार ८ सय पुगि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार ९ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय ९५ पुगेको छ । फेडरल रिजर्भ बैंकले ब्याजदर घटाएकै कारण सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
याे पनि पढ्नुस्
पूर्वयुवराज्ञी हिमानी शाहद्धारा “दै वीप्र कोप उ द्धारकोष” स्थापना गर्ने घोषणा
काठमाडाैं : पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विप त्तिमा परेकाहरुलाई सहयोग गर्न दै वीप्र कोप उ द्धारकोष स्थापना गर्ने घोषणा गरेकी छिन् । हिमानी ट्रस्टकी अध्यक्ष हिमानी शाहले आइतबार पत्रकार सम्मेलन गरी दैवीउ द्धारकोष खडा गरी सहयोग पुर्याउने बताएकी हुन् । शाहले बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी सो कोष स्थापना गर्न लागिएको बताइन् ।
त्यस्तै उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक आफ्नो सन्देशहरु संग्रहित पुस्तक संग्रहबाट प्राप्त रकम कोषमा जम्मा गर्ने जानकारी पनि दिइन्। हिमानी ट्रष्टले सामाजिक सेवा अन्तरगत भूकम्प पीडितलगायतकालाई पनि राहत वितरण गर्दै आएको पनि अध्यक्ष शाहले बताइन्। पूर्वराजा ज्ञानेन्द्रले कोषका लागि ५०० प्रति संग्रह प्रदान गरिएको कोषले जनाएको छ ।