यसकारण एकाविहानै ‘विप्लव’ खुसीले गदगद


काठमाडाैं : प्रतिबन्धित विप्लव नेतृत्वकाे नेकपाका नेता मोहन कार्की ‘जीवन्त’ रिहाभएका छन् । ०७५ चैत १ गते प क्राउ परेका कार्कीलाई प्रहरीले आइतबार रिहागरेको हो । उनी रिहाभएकाे खबरले विप्लव नेतृत्वकाे नेकपामा खुसीयाली छाएकाे छ ।
प्रहरी नियन्त्रणमा रहेका कार्कीमाथि अ भद्र व्यवहारसम्बन्धी आ रोप लागेको थियो । उनीविरुद्ध चलेको अ भद्र व्यवहारसम्बन्धी कसुरमा प्रमुख जिल्ला अधिकारीले छाड्ने आदेश दिएपछि उनलाई थुनामुक्त गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीले जानकारी दिए ।



‘जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीमाथि लागेको क सुरबारे फैसला गर्दै छाड्ने आदेश दिएपछि उनलाई २ दिनअघि नै रिहागरेका छौं’, काठमाडौं परिसरका प्रमुख सुवेदीर्ले भने ।
सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि कार्कीसँगै हेमन्तप्रकाश ओलीलगायतका उच्चस्तरका नेता प*क्राउ परेका छन् । कार्की रिहाहुने नेतामध्ये पहिलो नेता बनेका छन् । उनी विप्लव नेतृत्वकाे नेकपाका वार्ता पक्षधर नेताका रुपमा चिनिन्छन् । थु नामा रहेका उनले केही दिनअघि मात्रै वार्ताबाट समस्याको निकास खोज्नुपर्ने बताएका थिए ।