कांग्रेसले यस्ताे याेजना बनाएपछि कम्युनिष्ट चकित !


काठमाडाैं : नेपाली कांग्रेसका संघिय संरचना सहमतिबाटै चयन हुने भएका छन् । छोटो समयमा दुईवटा आन्तरिक निर्वाचन व्यावहारिक नहुने भन्दै अन्तरिम संरचना सहमतिबाटै चयन हुने भएका हुन् । पछिल्लो केन्द्रीय समिति बैठकमा विधानअनुसार यस्ता संरचनामा निर्वाचन गर्नुपर्ने र सहमतिबाट गर्नुपर्ने विषयमा बहस थियो । तर, पार्टी संस्थापनको चाहनाअनुरूप वडादेखि प्रदेशसम्मै सहमतिमा संरचना तय हुन लागेका हुन् ।
केन्द्रीय समिति बैठकले विधानअनुसारका संरचना गठनका लागि निर्दे्शिका बनाएर थप प्रस्ट पार्ने निर्णय तीन दिनअघि गरेको थियो । यस्तो निर्दे्शिका पदाधिकारीहरूले तयार गर्ने समझदारी भएको थियो । तर, शनिबार पदाधिकारीहरूले तीन नेतालाई यसको जिम्मा दिएका छन् । निर्दे्शिका तयार गर्नेमा सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखक छन् ।



निर्दे्शिका तयार गरी २२ साउनमा बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने तयारीस्वरूप उनीहरू छलफलमा जुटेका छन् । सहमहामन्त्री महतले २२ साउनमा निर्दे्शिका टुंग्याउने गरी सहमतिको प्रयास भइरहेको जानकारी दिए । केन्द्रीय समितिले १३औँ महाधिवेशनकै संरचनालाई नयाँ संरचनामा रूपान्तरण गर्ने सहमति गरेको थियो । आगामी मंसिरसम्म संरचना गठन, क्रियाशील सदस्यताको टुंगो लागेपछि १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने प्रतिबद्धतापछि पूर्वसंस्थापन पक्ष सहमतिमा अघि बढ्न तयार भएको थियो ।
छोटो समयका लागि निर्वाचन गर्ने विषय व्यावहारिक नभएपछि १३औँ महाधिवेशनकै संरचनालाई समायोजन गर्ने तयारी भएको हो । यसरी समायोजन गर्दा तत्कालीन गाउँ कार्यसमिति प्रादेशिक संरचनामा जाँदा एउटा वडामा परिणत भएको भए सोही गाउँ कार्यसमितिका सभापति पुनः सभापति हुनेछन् ।