घाइते भेटिएकाे चितुवा मर्यो


जाजरकोट : जाजरकाेटमा घा इते अवस्थामा भेटिएकाे चितुवा म रेको छ। चोरीसिकारीले थापेको पा सोमा परि घाइते अवस्थामा आइतबार भेटिएकाे चितुवा आज मरेकाे हाे ।
घाँटीमा लागेको पा सो चुटालेर घाइते अवस्थामा भेटिएको चितुवा भेरी नगरपालिकाको सीमानामा पर्ने झुप्राखोलामा आइतबार फेला परेको थियाे ।



घाइते चितुवा फेला परेको स्थानीयबासीले खबर गरेपछि चितुवाको उद्धार गर्न डिभिजन वन कार्यालयका कर्मचारी, प्रहरी, वन्यजन्तु अनुसन्धानकर्ता तथा खोजकर्ताको टोली झुप्राखोला पुगेको थियो।
उद्धारमा गएको टोलीले चितुवालाई नियन्त्रणमा लिँदालिँदै मृत्यु भएको डिभिजन वन कार्यालय, जाजरकोटमा कार्यरत रेन्जर पूर्णबहादुर चन्दले बताए। भेरी नगरपालिकाको पशुपन्छी विकास शाखाले चितुवालाई खाल्डो खनेर गाडेको छ ।