साउन २७ गते सार्वजनिक बिदा हुने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेका बेला कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मुस्लिम समुदायको बक्रईदका सार्वजनिक बिदा दिने बारेमा संघीय सरकार सकारात्मक रहेको बताएका छन् ।
सोमबार सिंहदरबारमा उपप्रधान एवम् रक्षामन्त्री समेत रहेका कार्यबाहक प्रधानमन्त्री पोखरेलसँग मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भेट गरी बकर ईद पर्वका अवसरमा सार्वजनिक बिदा दिन अग्रह गरेका हुन् ।
आयोगका अध्यक्ष अन्सारीले कार्यबाहक प्रधानमन्त्री पोखरेलले मुस्लिमको बकर ईद पर्वका अवसरमा सार्वजनिक बिदा दिन संघीय सरकार सकारात्मक रहेको आश्वासन दिएको बताए । मुस्लिम समुदायको पर्व बकर ईद साउन २७ गते परेको छ । सो पर्वका अवसरमा सार्वजनिक बिदा दिन आयोगका अध्यक्ष अन्सारीले संघीय सरकारसँग अपिल गरेका छन् ।
यो पनि
पूर्व युवराज्ञी हिमानी र पूर्णिका औपचारिक कार्यक्रममा
पूर्व युवराज पारस र युवराज्ञी हिमानी शाहकी छोरी पूर्णिका औपचारिक कार्यक्रममा देखिएकी छन्।हिमानी ट्रस्टद्वारा काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आमा हिमानी र छोरी पूर्णिका एकैसाथ देखिएका हुन्।
ट्रस्टको कामकारबाही तथा पूर्वराजा ज्ञानेन्द्र शाहका सन्देश समेटिएको ‘सन्देश संग्रह’ सार्वजनिक कार्यक्रममा उनीहरु देखिएका हुन्।पत्रकार सम्मेलनमा ट्रस्टले अहिलेसम्म गरेको कार्यको चर्चा गरिएको थियो भने सन्देश संग्रह पुस्तक बिक्रीबाट उठ्ने रकम ट्रस्टमा जम्मा हुने जनाइएको थियो।