प्रतिनिधिसभामा मदन भण्डारी विश्वविद्यालय विधेयक प्रस्तुत
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६’ प्रस्तुत भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक प्रस्तुत गर्दै वैज्ञानिक उत्पादन गर्नु नै विश्वविद्यालयको मुख्य उद्देश्य हुने बताए ।
राष्ट्रिसभाबाट संशोधन भई संशोधनमाथि विचार गरियोस् भनी फिर्ता पठाइएको ‘भूउपयोग विधेयक, २०७५’ को प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सदनसमक्ष प्रस्तुत गरिन् ।
याे पनि पढ्नुस्
पेशी निस्केपछि मोबाइल बन्द गर्न निर्देशन
काठमाडौं : उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीले मुद्दा सुनुवाइका लागि पेशी सूची प्रकाशित भएपछि न्यायाधीश तथा कर्मचारीलाई मोबाइल बन्द गर्न निर्देशन दिएका छन्। अदालतमा विचौलियालाई नियन्त्रण गर्न गेटबाटै प्रवेशमा निग रानी गरी व्यवस्थापन गर्न भनिएको छ।
न्यायाधीश एवम् कर्मचारीले आचारसंहितामा गम्भीर हुन पनि मुख्य न्यायाधीश सुवेदीले निर्देशन दिएका छन्। पेशी सूची प्रकाशित भएपछि आवश्यक कर्मचारी बाहेक न्यायाधीशको चेम्बरमा समेत नजान निर्देशन भएको छ।
उच्च अदालत पाटनमा पेशी सूचीमा मुख्य न्यायाधीशलाई प्रभाव पार्ने गरिएको गुनासो उठिरहेका बेला उक्त निर्देशन भएको हाे। उक्त निर्देशन उच्च अदालत पाटनसहित क्षेत्राधिकारभित्र पर्ने काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, काभे्र, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापलाई लगू हुनेछ।
निर्देशनमा पुरा समय कार्यसम्पादन गरेपछि मात्र बाहिर निस्कनसमेत भनिएको छ। यसैगरी फैसला लेखनमा तिब्रता, समयको पालना तथा कार्य सम्पादनमा प्रभावकारिता ल्याउन पनि भनिएको छ।
पूर्वाधार अभावले इजलास बस्न नसक्ने अवस्था भएपनि पूरा समय अदालतमा बस्नसमेत निर्देशन भएको छ। पुराना मु द्दा घटाउने विषयमा प्रभावकारी क दम चाल्न पनि निर्देश भएको छ।