विद्यार्थी बाेकेकाे बस खाल्डोमा खस्दा ९ बालबालिकाको मृ त्यु, १० घा इते


काठमाडाैं : भारतको उत्तरी राज्य उत्तराखण्डको तेहरी गर्हवालमा जिल्लामा एक विद्यालयको बस खाल्डोमा खस्दा कम्तीमा नौ बालबालिकाको मृ त्यु हुनुको साथै अन्य १० जना घा इते भएका स्थानीय प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई मङ्गलबार जानकारी दिएको छ ।
तेहरी गर्हवाल जिल्लाको कङ्गसाली गाउँको मदान नेगी रोडमा स्थानीय समयानुसार ७ः३० बजे सो घटना भएको थियो । एन्गेल पब्लिक स्कुलको घाइते भएका विद्यार्थीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार घाइते भएका बालबालिकालाई हेलिकोप्टरबाट सो राज्यको क्रृषिकेश शहरमा ल्याउने कोशिष जारी रहेको बताइएको छ ।



बस खाल्डोमा खसेर घा इते भएका ती बालबालिकालाई राज्यको प्र कोप व्यवस्थापन निकायले उ द्धार गरी स्थानीय अस्पताल पुर्याइएको छ । उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिभेन्द्र सिंह रावतले यस घटनाप्रति गहिरो दुख व्यक्त गर्दै यस घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।