छिमेकी बीचकाे सामान्य विवादमा गाे ली चल्याे

वीरगन्ज : वीरगन्ज महानगरपालिका-१८ भवानीपुरमा मङ्गलबार पर्खाल निर्माणको विषयमा विवाद हुँदा गो ली चलेको छ। भवानीपुरमा स्थानीय मोहन साहले टयाक्टर राख्ने पक्की टहरा बनाउने क्रममा छिमेकी वृजेशकुमार पटेलले सडकमै टहरा बनाउन लागेको भन्दै अ वरोध गर्न खोजेपछि वि वादभएको हो । विवाद चर्केपछि मोहन साहका छोरा कुन्दन साहले गो लीचलाएका हुन् । प्रहरीले गो लीचलाउने कुन्दन र उनका बुबा मोहन साहलाई प क्राउगरेको छ।

पटेल र साहबीच झ गडा हुँदा साहका छोरा कुन्दनलले घरमा राखेको इजाजत प्राप्त १२ बोरको ब न्दुक निकालेर गो लीचलाएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए। गो लीचले पनि मानवीय क्षति भने नभएको प्रहरी उपरीक्षक राठौरले बताए। घटनाको विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले गो ली चलाउने कुन्दन र उनका बुबालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक रोठौरले जानकारी दिए। घटनास्थलबाट प्रहरीले फा यर भएको १ राउण्ड कार्टिज (गो लीको खोका ) फेला पारेको छ।

गो लीचलेको खबर पाएलगत्तै घटनास्थलमा वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक चक्रबहादुर मल्ल नेतृत्वको प्रहरी टोली पुगेको थियो। प्रहरीले मोहन साहको घरमा खानत लासी गर्दा एउटा १२ बोर ब न्दुक र त्यसमा लाग्ने ४ राउण्ड गो लीपनि बरा मद गरेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।

वडा अध्यक्ष ब्रह्मदेव राउत कुर्मीका अनुसार सडक छेउको आफ्नो जग्गामा साहले टयाक्टर राख्ने टहरा बनाउने क्रममा सडक मिचेर पर्खाल उठाएको भन्दै छिमेकी पटेलले विरोध गरेपछि केहि दिन यता विवाद हुँदै आएको थियो। त्यहि विषयमा मङ्गलबार दुवैजना बीच विवाद हुँदा साहका छोराले घरमा रहेको ब न्दुकले हानेको वडा अध्यक्ष कुर्मीले बताए।

सम्बन्धित खवर

Back to top button