गाई मा र्नेलाई भनियाे ‘पहिला गंगा नुहाएर आऊ अनि स जाय तोकिन्छ’

शिवपुरी : भारतको शिवपुरी जिल्लाको एक गाउँ पञ्चायतले गरिब किसानलाई गाईको मृ त्युकोदोषी मानेको छ। पञ्चायतले किसानलाई दो षी मान्दै गंगामा नुहाएर आउन आदेश दिएको छ।

पञ्चायत सदस्यले किसानलाई भने, ‘पहिला गंगा नुहाएर आऊ अनि बल्ल सजाय सुनाउने छौं।’ पञ्चायतको आ देश पाएपछि अहिले किसान परिवारसहित गंगा नुहाउन प्रयागराज गएका छन्।

जानकारीका अनुसार शिवपुरीको मामानी कला भन्ने गाउँमा शुक्रबार किसान भरतसिंह लोधीले आफ्नो बदामको खेतमा आएको गाईलाई धबाए। गाई भाग्दा नालामा खस्यो र मर्‍यो। त्यो घटनाको सम्बन्धमा आइतबार महापञ्चायत बोलाइयो।

पञ्चायतमा सरपञ्चले भरतसिंह लोधीलाई भने, ‘तिमीले गौह त्या गरेका छौ। त्यसैले आजबाट तिम्रो हुक्कापानी बन्द गर्छौं। पहिला परिवारसहित गंगा स्नान गरेर आऊ। त्यसपछि के सजाय दिने भन्ने निर्णय गर्नेछौं।’

भरतसिंह लोधीका भाइ मनोजले पनि सम्पूर्ण घटनाको पुष्टी गरेका छन्। मनोजले भने, ‘दाइले बदामको लहरा खाइरहेको गाई धबाएका थिए। त्यसपछि गाई नालामा खस्यो। अब पञ्चायतले हाम्रो हुक्कापानी बन्द गरेर गंगा नुहाएर आउने आदेश सुनाएको छ। दाइ अहिले परिवारको साथमा गंगा स्नानको लागि गएका छन्। दाई फर्किएपछि पञ्चायतले हाम्रो स जाय तय गर्नेछ।’

मामोनी कलाको सरपञ्च नवलसिंह गुर्जर भन्छन्, ‘अहिले भरतको परिवार प्रयागराज गंगा स्नानको लागि गएका छन्। फर्किएपछि फेरि पञ्चायत बसिन्छ। पञ्चायतमा नजिकका चार गाउँका अनुभवी र वृद्ध पञ्चहरु हुनेछन्। जे फैसला दिए पनि त्यसलाई पूरा गरेपछि मात्र भरत र उसको परिवार गौह त्याको पा पबाट मुक्त हुन्छन्।’
यो घटनाको जानकारी जिल्ला प्रशासनलाई भने नभएको शिवपुरी जिल्ला प्रहरी कार्यलयले बताएको छ।

हङकङ प्रद र्शनमा फेरि १ सय ४८ प क्राउ

हङकङ : हङकङमा दुई महिनादेखि जारी आ न्दोलनमा सहभागीमध्ये १ सय ४८ प्रद र्शनकारीलाई प्रहरीले प क्राउ गरेको छ । प क्राउ पर्नेमा ५३ जना महिला र ९५ जना पुरुष छन् । जसमध्ये १३ वर्षसम्मका बालबालिका समेत परेका छन् ।

दुई महिनादेखि यहाँ ‘प्रो डेमोक्रेट्स’को आ न्दोलन नियमित चल्दैआएको छ । प्रहरीले भने अश्रुग्याँस आ क्रमण गर्दैआएको छ । एक अध्यागमन विधेयकको वि रोध गर्दै सुरु भएको यहाँको आन्दोलनले विश्वकै ध्यान तान्न थालेको छ । पछिल्लो समय चीनले पनि प्रदर्शनकारीलाई हिंसा भड्काउने तत्वको संज्ञा दिँदै धम्की दिँदैआएको छ ।

उत्तर कोरिया जानेलाई अमेरिकाको क डाइ

वासिङ्टन : उत्तर कोरिया भ्रमण गरिसकेका यात्रुका लागि अमेरिकाले विना अनुमति प्रवेशमा क डाइ गरेको छ । २०११ यता उत्तर कोरिया जाने मानिस यदी अमेरिकामा भएको खण्डमा उसले अब पर्यटक वा बिजनेस भिसाको लागि आवेदन दिनुपर्ने छ ।

पछिल्लो ८ वर्षमा उत्तर कोरिया जाने यात्रुका लागि अमेरिकाले सहज अनुमतिमा क डाइ गरेको हो । २०११ यता उत्तर कोरिया, लिबिया, सिरिया सहित ८ देश भ्रमण गर्नेहरुले फेरि अमेरिकामै रहनको लागि टुरिस्ट वा बिजनेश भिसाको आवेदन दिनुपर्ने भएको हो ।

अफगानिस्तानमा तालिबानको ध म्की

काबुल : अफगानिस्तानमा हुने भनिएको निर्वाचनका लागि गरिएको प्रचारको वि रोध गर्दै तालिबानले ध म्की दिएको छ । सेप्टेम्बर २८ मा हुने भनिएको राष्ट्रपतीय चुनाव रोक्न तालिबान समूहले चे तावनी दिएको हो । राजनीतिक दलका नेताहरुले चुनावी प्रचार गरिरहँदा तालिबानको ध म्की आएको हो । अफगानिस्तानमा एक वर्षको अवधिमै २ पटकसम्म चुनावको मिति सारिँदैआएको हो ।

कंगोमा डुंगा दु र्घटना हुँदा ११ को ज्यान गयो, ५० बे पत्ता

कंगो : कंगोमा एक डुंगा दुर्घटना हुँदा ११ जना को मृ त्यु भएको छ । अरु दर्जनौँ हराइरहेका छन् । यात्राको क्रममा रहेका १६ जना भने पौडिएर बाँच्न सफल भएका छन् । स्थानीय मिडियाका अनुसार ११ जनाको मृ त शरीर भेटिएको र ५० जना हराएका हुन् । राजधानी किन्साला नजिकै मंगलबार दु र्घटना भएको हो ।

वार्ताको लागि प्र तिबन्ध फुकाउनुपर्ने इरानको शर्त

तेहरान : इरानका राष्ट्रपति हसन रौहानीले यदी अमेरिकाले इस्लामिक गणतन्त्रमाथिको प्रतिबन्ध फु कुवा गरेको खण्डमा वार्ता गर्न आफू तयार रहेको बताएका छन् । वार्ताको लागि अमेरिकाले सबै किसिमका प्र तिबन्ध फुकुवा गर्नुपर्ने उनको शर्त छ । यसअघिको प्रयास असफल भए पनि अबको वार्ता सम्भव भएको उनले शंकेत गरेका थिए । यदी अमेरिकाले यदी साँच्चिकै वार्ता गर्न तयार भए प्र तिबन्ध फु कुवा गर्नुपर्ने शर्त उनले अघि सारेका हुन् ।

भेनेजुएलामाथि अमेरिकाको आर्थिक प्र तिबन्ध

वासिङ्टन : अमेरिकाले भेनेजुएलामाथि आर्थिक प्र तिबन्ध लगाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्प्ले यससम्बन्धी आदेशमा हस्ताक्षर गरेका हुन् । आदेशपत्रमा भेनेजुएलाका राष्ट्रपतिले मानवअधिकार उल्लंघन गरेको तथा श क्तिको दु रुपयोग गरेको भन्दै प्र तिबन्ध लगाइएको उल्लेख छ ।

इमरान खान भन्छन् : भाजपा हिटलरको नाजी जस्तै भयो
इस्लामाबाद : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको सत्तारुढ दल भारतीय जनता पार्टीलाई हिटलरको नाजी पार्टीजस्तै भएको टिप्पणी गरेका छन् ।
मंगलबार खानले संसदलाई सम्बोधन गर्दै यसो भनेका हुन् । भारतले कश्मीरको विशेषधिकार क टौती गरेपछि त्यसलाई पाकिस्तानी नेता खानले ग म्भीर खतराको शं केत भन्दैआएका छन् । उनले संयुक्त राष्ट्रसंघीय प्रावधानलाई समेत भारतले उल्लं घन गरेको औंल्याएका छन् । यसका लागि अन्तर्राष्ट्रिय मध्यस्तता चाँडै खाँचो भएको उनले बताए ।

सम्बन्धित खवर

Back to top button