भारतीय पूर्व विदेशमन्त्री सुश्मा स्वराजको नि धन

काठमाडाैं : भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको नि धन भएको छ । भारतीय जनता पार्टीकी नेतृसमेत रहेकी ६६ वर्षीया स्वराजको मंगलबार राति नि धन भएको हो ।

उनको स्वास्थ्यमा एक्कासी समस्या आएर मंगलबार राति अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआइआएएमएस) अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भारतको समय राति १० बजेर २० मिनेटमा एआईएमएसको इमर्जेन्सीमा पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याउँदा उनको नि धन भइसकेको स्रोतलाई उद्‍धृत गर्दै वायरले जनाएको छ । उनको मृ त्यु हृद यघातका कारण भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

उनको नि धन भएपछि नयाँ दिल्लीस्थित एआइआएएमएस अस्पतालमा भारतका रक्षामन्त्री राजनाथ सिंहसहित वरिष्ठ मन्त्रीहरू र भाजपासहित अन्य दलका नेताहरू पुगेका छन्।

सन् २०१६ मा उनको मृगौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्य समस्याकै कारण सन् २०१९ को निर्वाचनमा उनी उमेदवार नभएको जनाइएको थियो।

२६ मे, २०१४ देखि पाँच वर्ष उनी भारतको विदेश मन्त्री रहिन्। इन्दिरा गान्धीपछि यो जिम्मेवारी सम्हाल्ने उनी दोस्रो भारतीय महिला हुन्। १९७७ मा उनी हरियाणाबाट चुनाव जितेर २५ वर्षकै उमेरमा राज्यमन्त्री भएकी थिइन्। उनी दिल्लीको मुख्यमन्त्री समेत भइन्।

सम्बन्धित खवर

Back to top button