काठमाडौं : भारतीय क्रिकेट टिमका विकेटकीपर–ब्याट्सम्यान ऋषभ पन्तले एक नयाँ उपलब्धि हासिल गरेका छन् । उनले विकेटकीपरको तर्फबाट टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्बाधिक रन बनाउने उपलब्धि हासिल गरेका हुन् ।
ऋषभले मंगलबार राति ४ छक्का र ४ चौकाको मद्दतमा ४२ बलमा ६५ रनको विष्फोटकप्र दर्शन गरेका थिए । यो रन भारतको तर्फबाट टि–२० क्रिकेटमा विकेटकीपरले बनाएको उच्च स्कोर हो ।
यसअघि अर्का विकेटकीपर–ब्याट्सम्यान महेन्द्रसिंह धोनीले भारतको तर्फबाट सर्बाधिक ५६ रन बनाएका थिए । उनले २०१७ मा बैंग्लोरमा इंग्ल्याण्डविरुद्ध ५६ रन बनाएका थिए । वेस्ट इन्डिजविरुद्धको सिरिजको पहिलो र दोस्रो खेलमा सस्तैमा आउट भएका पन्तले अन्तिम खेलमा भने उत्कृष्ट प्र दर्शन गर्दै टिमलाई जिताए ।