घरबाहिर कतै जाँदै हुनुहुन्छ ? यस्ताे छ आजकाे माैसम

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा सर्तक सहन आग्रह गरेको छ । देशको केही स्थानहरुमा मेघगर्जनसहितको वर्षा हुने र चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको हो ।

त्यस्तै मध्य र पूर्वी नेपालका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा सडक यातायातमा पहिरोर भूक्षयका कारण अवरोध आउन सक्छ । तसर्थ यात्रा गर्दा समेत सतर्कता अपनाउन जारी बुलेटिनमा भनिएको छ ।

मनसुनको न्यूनचापिय रेखा औसत स्थानभन्दा केही उत्तर तर्फ (नेपाल तर्फ) सरेको छ । साथै पूर्वि र मध्य नेपालमा एउटा न्युनचापिय क्षेत्रको असर पनि देखिएको छ । मनसुनको न्यूनचापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीसम्म खाडीसम्मलाई जनाउछ ।

हाल देशभर सामान्यतया बदली रहेको छ । देशको पूर्वी भूभागका केही स्थानहरूमा मेघगर्जन गराउने बादल सक्रिय छ । पूर्वी तराई भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा भइरहेको छ । देशका पूर्वी र पश्चिमी पहाडी भूभागका केही स्थानहरूमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम

साउन २२ गते (बुधबार)
दिउँसो : देशका पूर्वी र मध्य भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रही देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । मध्य र पूर्वी नेपालका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्यतया बदली रही पूर्वी र मध्य भूभागहरूका केही स्थानहरुमा र पश्चिमी भूभागको एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

साउन २३ गते (बिहीबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

साउन २४ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । पूर्वी पहाडी भूभागका एक–दुई स्थानहरूमा भारी वर्षा हुनसक्छ ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमी पहाडी भूभागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुनसक्छ ।

सम्बन्धित खवर

Back to top button