उत्तर कोरिया माथि राष्ट्रसङ्घको आ रोपः साइबर आ क्रमण गरी २ अर्ब डलर चाेरी

काठमाडौं : एउटा गोप्य राष्ट्रसङ्घीय प्रतिवेदनले उत्तर कोरियाले उच्चस्तरका साइबर आक्र मणहरू गर्दै आफ्ना हा तहतियार परियोजनाका लागि झन्डै दुई अर्ब डलर अ वैध रूपमा जुटाएको आ रोप लगाएको सूत्रहरूले पुष्टि गरेका छन्।

विज्ञहरूको एउटा समूहले वित्तीय संस्था तथा क्रिप्टोकरेन्सी भनिने डिजिटल मुद्रा सटही गर्नेहरूसँग कम्तीमा ३५ वटा साइबर आ क्रमणबारे अनुसन्धान गरिरहेका छन्। ती विज्ञहरूका अनुसार वार्ता सुरु गर्नेका लागि कूटनैतिक प्रयासहरू जारी रहँदारहँदै पनि प्योङ्याङले आफ्नो परमाणु र क्षे प्यास्त्र कार्यक्रमहरू अघि बढाइरहेको छ।

उनीहरू भन्छन् उसले अवैध रूपमा पानीजहाजबाट पानीजहाजमा गरिने स्थानान्तरण र नरसं हारका ह तियार खरिद गर्दै राष्ट्रसङ्घीय प्रतिब न्धहरूको उल्ल ङ्घन गरेको छ।

आठौँ दिन तेस्रो क्षेप्यास्त्र प्र हार

यस्तो विवरण सार्वजनिक भइरहेको बेला उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको क्रम जारी छ। कोरियाली प्रायस्द्वीपमा तनाव जारी छ। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएअनुसार संयुक्त राज्य अमेरिका र दक्षिण कोरियालाई चे तावनी दिने उद्देश्यले नेता किम जङ(अनले पछिल्ला क्षे प्यास्त्र परीक्षणहरू गराएका हुन् ।

समाचारहरूमा जनाइएअनुसार नेता किमले मङ्गलवार रण नैतिक महत्त्वका क्षे प्यास्त्र परीक्षणको अवलोकन गरेका थिए। त्यो दुई हप्ताको अवधिमा गरिएको चौथो परीक्षण हो।

सोलस्थित बीबीसी संवादवाता लरा बिकरका अनुसार उत्तर कोरियाको प्रमुख समाचारपत्रको दुई पेज फैलिएको क्षे प्यास्त्र परीक्षणबारेको आलेखमा किमको मुस्कुराइरहेको तस्बिर छापिएको छ। विविसी नेपाली सेवाबाट ।

सम्बन्धित खवर

Back to top button