धरतीबाट विदा लिनुअघि प्रधानमन्त्री माेदीलाई यस्ताे ट्विट छाेडेकी थिइन् सुष्मा स्वराजले


काठमाडाैं : भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको मङ्गलबार राति अक स्मात नि धन भयाे । धरतीबाट विदा लिनुअघि प्रधानमन्त्री नरेन्द्र माेदीलाई ट्विट छाेडेकी थिइन् । उनले माेदीकाे निकै प्रशंसा गर्दै अन्तिम ट्विट छाेडेकी थिइन् । ६७ वर्षीय स्वराज राति ९ बजेसम्म टिभी हेरिरहेकी थिइन् भने मंगलबार दिनभर ट्वीट गरिरहेकी थिइन् ।
नरेन्द्र मोदीको पहिलो कार्यकालकी विदेशमन्त्री स्वराज यस क्षेत्रकै सक्षम र सफल महिला नेतृ मानिन्छिन् । अस्वस्थताको कारण उनी दोस्रो कार्यकालका लागि उम्मेदवार नै भइनन् ।



स्वराजको स्वास्थ्यमा एक्का सी समस्या देखिएपछि मङ्गलबार नै अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो । स्वराजलाई संघीय स्वास्थ्य मन्त्री हर्ष बर्धनसहितका आफन्तजनले अस्पतालमा पुर्याएका थिए ।
स्वराजको नि धनको खबरपछि संघीय मन्त्रीहरू प्रल्हाद पटेल, राजनाथ सिंह, पियुष गोयल र नीतिश गोडकरीसहितका भाजपा नेताहरू तत्काल अस्पताल पुगेका थिए ।
भारतीय जनता पार्टीका वरिष्ठ नेता स्वराजले मंगलबार दिउसो संविधानको धारा ३७० खा रेज गर्ने साहसिक कदमको स्वागत गर्दै उक्त कदमका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएकी थिइन् । “प्रधानमन्त्रीलाई धन्यवाद । धेरै धेरै धन्यवाद । म मेरो जीवनमा यो दिन हेर्न पर्खिराखेकी थिए ,” स्वराजले ट्वीटरमा लेखेकी थिइन् ।
प्रधान मंत्री जी – आपका हार्दिक अभिनन्दन. मैं अपने जीवन में इस दिन को देखने की प्रतीक्षा कर रही थी. @narendramodi ji – Thank you Prime Minister. Thank you very much. I was waiting to see this day in my lifetime.
— Sushma Swaraj (@SushmaSwaraj) August 6, 2019
विदेश मन्त्रीका रूपमा स्व र्गीय स्वराजले सफलताका साथ जिम्मेवारी निर्वाह गरेकी थिइन् । उनको वाकपटुता र स्पष्ट भाषण कलाले भारतीय राजनीतिमा भाजपाको प्रसिद्धिमा थप ख्याती मिलेको थियो ।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व संघीय मन्त्रीको निधनप्रति दुः ख व्यक्त गर्दै भारतीय राजनीतिमा एउटा गौरवपूर्ण अध्यायको अ न्त्य भएको बताएका छन् ।
प्रधानमन्त्रीले ट्वीटरमार्फत लेखेको शो क सन्देशमा भनिएको छ, “भारतीय राजनीतिमा एउटा गौरबपूर्ण अध्यायको अ न्त्य भएको छ । भारतले उहाँको सार्वजनिक सेवा र खासगरी गरीब भारतीयको जीवनलाई सही मार्ग दिनका लागि गरेको अद्भुत समर्पणका लागि भारतले उहाँलाई सधैँ सम्झिरहनेछ । उहाँ करौडौँ जनताका लागि प्रेरणाको श्रोत हुनुहुन्थ्यो ।”