शुरू भयाे राजतन्त्रकाे चुरीफुरीः प्रचण्डलाई नेपालमै हेग देखाइदिने चे तावनी


काठमाडाैं : पछिल्लाे समय नेपाली जनताले निकै आशा र भराेसा गरेकाे दुईतिहाईकाे कम्युनिष्ट सरकारले जनताका सानातिना अपेक्षाहरूलाई समेत पूरा गर्न नसकेपछि जनताले नै पाखा लगाएकाे राजसंस्थाकाे चुरीफुरी शुरू हुन थालेकाे छ । राजसंस्थालाई समर्थन गर्नेहरूकाे टाउँका देखिन थालेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकाे निरिहपना र सत्तारूढ दलकाे मनपरीले देश कंगाल हुँनै लाग्दा नेपाली जनता राजनीति देखि आजिद भैसकेका छन् । यस्तै अवस्थामा प्रचण्डले राजालाई लक्षित गरी दिएकाे एक अभिव्यक्ति पछि राजाका समर्थकहरूले डरलाग्दाे अभिव्यक्ति दिइरहेका छन् ।



राजसंस्था पक्षधर शिव से ना नेपालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्वराजाका विषयमा जथाभावी नबोल्न चे तावनी दिएको छ ।युएई भ्रमण सकेर नेपाल फर्किएकै दिन सिन्धुलीको पुल उद्घाटन गर्ने क्रममा हालै प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट खे द्ने बताएपछि प्रत्युत्तरमा शिव से नाले भनेको छ,‘हामी नेदरल्यान्डस् पुग्दैनौं, नेपाली जनताको साथ लिएर प्रचण्डका लागि यहिँ हेग तयार पार्छौं ।’
शिव से ना अध्यक्ष अनिल बस्नेतले आइतबार विज्ञप्ति जारी गरी जनताको साथमा रहेका पूर्वराजाप्रति आ वेग र उत्ते जनामा नबोल्नका लागि भनेका थिए । उनले भने,‘१७ हजार मानिस मारेको अभियोगमा प्रचण्डलाई यहिँ स जाय दिए के होला ?’
सत्ता र शक्तिको ध्वाँ स देखाउँदै त्यसका आडमा जथाभावी नबोल्न चे तावनी दिएको शिव से ना नेपालले भनेको छ,‘जहाँनियाँ शासन बचाउनका लागि कुनै पनि बेतुकको अभिव्यक्ति नदिनुहोस्, नेपाली नागरिक भएका कारण तपाईले कतिपय अप राध स्वतः माफी पाउनुहुन्छ । तर, नेपाली जनताको ह त्याको अभियोग स्वीकार नगरी यसैगरी बोल्ने हो भने भगवान शिवले माफ गरे पनि शिव सै निकले माफ गर्नेवाला छैन ।’
बस्नेतले प्रचण्डको अभिव्यक्ति आप त्तिजनक रहेको खुलाउँदै भने,‘हो, हामीले हाम्रो जनअदालतले उहाँलाई स जाय गर्न सक्ने भनेका छौं । हामी हेगको व्यवस्था नेपालमै गर्नेछौं, त्यसबेला उहाँले के जवाफ दिनुहुन्छ ?’
शिव से ना नेपालले निरन्तर पूर्वराजाको पक्षमा जनमत तयार पार्दै आएको छ । पूर्वराजाका देशव्यापी कतिपय भ्रमणमा शिव से ना नेपालको सुरक्षा प हरा समेत रहँदै आएको छ । उसले नेपाल राजसंस्थासहितको हिन्दू राज्य हुनुपर्ने जिकीर गर्दै आएको छ ।