सुविसुको मुख्य भवनमा भिषण आ गलागी

काठमाडौं : राजधानीको बालुवाटारस्थित एक घरमा भीषण आग लागी भएको छ। चिनियाँ राजदूताव अगाडितर्फ रहेको भवनमा आग लागी भएको हो। इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालय रहेको भवनमा आग लागी भएको जानकारी महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।

ज्ञवालीका अनुसार पेट्रोल राखिएको स्थानबाट आगो फैलिएको हो। भीषण आग लागी भएको सुबिसु केबल नेटवर्कको मुख्य कार्यालयमा कम्तीमा २०० कर्मचारी कार्यरत रहेको अनुमान गरिएको छ। यो भवनमा स्याटेलाइट कक्ष र जेनेरेटरसहितका उपकरणहरू रहेका छन्।

आग लागी भएको स्थानबाट नेपाल राष्ट्र बैंक र प्रधानमन्त्रीको सरकारी निवाससहितका अन्य कार्यालय पनि रहेका छन्। आग लागी भएपछि त्यहाँ प्रहरीको टोली पुगिसकेको छ । आ गो निभाउन, काठमाडौँ र ललितपुरसहितका दमकल पुगेका छन् । आ गो मध्यान्ह १२ बजेर ४० मिनेटदेखि सुरु भएको हो ।

आ गाे कसरी लाग्याे ? भन्ने कुरा थाहा भएकाे छैन । थप विवरण आउन बाँकी छ ।

सम्बन्धित खवर

Back to top button