अब, नेपाली जहाज युराेपकाे आकाशमा उड्ने


काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले युरोपेली युनियनको कालोसूचीबाट नेपाली हवाईक्षेत्रलाई छिट्टै हटाउने बताएका छन्। कालोसूचीबाट हटाउनका लागि परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरिरहेको पनि उनले बताएका हुन्।
सरकारको पहलसँगै इयुको अनुगमन टोली नेपाल आउने भएको छ। त्यसपछि कालोसूची हट्ने मन्त्री भट्टराईले दाबी गरेका छन्। ‘हामीले निरन्तर पहल गरिरहेका छौँ’, इयूको अबजर्भेसन टोली नेपाल आउँदैछ’, मन्त्री भट्टराईले भने, ‘छिट्टै युरोपको आकाशमा नेपाली ध्वजावाहकसहितका जहाहज उड्नेछन्।’



आइकाओलेसमेत नेपाल नागरिक उड्यन प्रधिकरणमाथि केही प्रश्न तेर्साएको बताउँदै त्यसको नेपालले सजिलै समाना गरेको प्रतिक्रया दिए। उनले आइकाओले ६० लाई उत्तीर्ण नम्बर माने पनि नेपालले ६६ प्रतिशत भन्दा बढी अंक ल्याएको दाबी गरे।
आगामी दिनमा यो अंक ८० प्रतिशत भन्दा माथि पुग्ने उनको दाबी छ। नेपालभन्दा सम्पन्न देशहरू पनि उड्ययन क्षेत्रमा कमजोर देखिएको मन्त्री भट्टराईले जिकिर गरेका छन्।
नेपालमै पाइलट स्कुल
मन्त्री भट्टराईले नेपालमै पाइलट स्कुल स्थापना गरिने पनि बताएका छन्। स्कुल स्थापनाका लागि सरकार र निजी क्षेत्रका वायुसेवा कम्पनीको पनि लगानी रहने उनले बताएका छन्।
निजी वायुसेवा कम्पनी र नेपाल वायुसेवा निगमले विदेशबाट पाइलट ल्याउनुपर्ने बाध्यता रहेका बेला पाइलट स्कुलको विस्तृत अवधारणा सरोकारवालासँगको छलफलपछि टुंगो लगाउने जानकारी मन्त्री भट्टराईले दिएका छन्।
पाइलट पढ्ने नाउँमा ठूलो रकम विदेश गएको अवस्थामा यस्तो रकम नेपालभित्र राख्न पनि पाइलट स्कुल आवश्यक रहेको उनले बताए ।