कर्मचारी भर्नाकाे बाटाे खुल्याे; २ नम्बर प्रदेश सरकारलाई

जनकपुरधाम : प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवासम्बन्धी विधेयकसभाबाट सर्वसम्मतिले पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो ।

पारित भएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेश सरकार अब लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्नसक्ने छन् । सरकार गठन भएदेखि नै मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी अभावको कारण सरकारले प्रभावकारी रुपले काम गर्न नसकेको गुनासो गर्दै आएकोमा विधेयक पारित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने, “अब प्रदेश नं २ सरकारले आफ्नै कर्मचारी भर्ना गरेर सरकार सञ्चालन सहज र प्रभावकारी बनाउने छ ।”

मुख्यमन्त्री राउतले भने,“लोकसेवा आयोगको विधेयक पारित भएपछि प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । यसअघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरे पनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन । अब विधेयक प्रमाणीकरणलगत्तै लोकसेवा आयोग गठन प्रक्रिया अगाडि बढाइन्छ ।”

त्यसैगरी प्रदेश नं २ को बुधबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको बालबालिकाको हकअधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था व्यवस्था गर्न बनेको विधेयक २०७५ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइएको छ ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले पेश गरेका प्रदेश नं २ को वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रदेशसभामा टेबलसमेत गरिएको छ । प्रदेशसभाको अर्को बैठक बिहीबार दिनको ३ बजे बस्ने भएको छ ।

याे पनि पढ्नुस्
चुनावमा गरेको वाचा पुरा नगरेपछि मेयरलाई महिलाको कपडा लगाएर शहर घुमाइयो
चुनावअघि नगरवासीसँग बोलेका कुरा व्यवहारमा लागू नगरेपछि मेक्सिकोका एक मेयरमाथि नगरवासीले स जाय दिएका छन् । उनलाई महिलाको पोशाक लगाएर चार दिनसम्म सहडमा घुम्न लगाइएको छ ।

मेक्सिकोको हुइक्स्टन शहरमा मेयरको चुनाव जितेपछि जाभियर सेवास्टियन जिमेनेज सान्टिजले नगरवासीसँगको प्रतिवद्धता पूरा गरेनन् । नगरवासी मेयरको कार्यकक्षमा पसेर जाभियर र नगरपालिकाका आर्थिक पाटो हेर्ने संरक्षकलाई महिलाको लुगा लगाउन वाध्य पारेका हुन् । दुवैलाई महिलाको कपडा लगाएर शहर घुमाइएको थियो ।

महिलाको कपडा लगाएर चार दिनसम्म शहरको गल्ली घुम्न वाध्य पारिएका थिए । मेरले लामो स्कर्ट र सेतो रंगको ब्लाउज लगाएर घुमेका थिए । मेयरले करिब करोर्डौ सरकारी सम्पत्ति आफ्ना मान्छेलाई बाडेको आ रोप सहरवासीले लगाएका छन्।

यो पैसाको प्रयोग सहरको विकास कार्यमा लगाउनु पर्ने उनीहरुको भनाई छ। यति मात्र नभएर मेयरले चुनावमा भनेका कुराहरु पनि पुरा नगरेको समेत आ रोप लगाएका छन्। आ रोप लगाएसँगै उनीहरुले मेयरविरुद्ध बोल्न शुरु गरे। वि रोध गर्दै उनीहरुले मेयरको पोस्टर पनि सहरभरी लगाए । एजेन्सी

सम्बन्धित खवर

Back to top button