भारतप्रति पाकिस्तान आक्रा मक बन्दैः गरियाे हवाईमार्ग बन्द

काठमाडाैं : भारत सरकारले जम्मू कश्मीरलाई दिएको विषेशाधिकार खारेज गरी केन्द्र प्राशासित प्रदेश बनाएपछि भारत पाकिस्तानबीचको सम्बन्ध थप तना वग्रस्त बनेको छ । पुलवामा आ क्रमणले थलथल परेको भारत-पाकिस्तानको सम्बन्ध अनुच्छेद ३७० को खारेजीले दरा परेकाे छ ।

भारतले कश्मीरी जनतालाई अन्याय गरेको भन्दै पाकिस्तानले यसको चर्काे आलोचना गरिरहेको छ । उसले यो मु द्धा युक्त राष्ट्र संघमा समेत लैजाने चे तावनी दिएको छ । यता भारतले भने आफनो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न पाकिस्तानलाई चे तावनी दिएको छ ।

पाकिस्तानद्वारा भारतीय राजदूतलाई देश छोड्न आदेश

अनुच्छेद ३७० को खारेजीपछि भारत पाकिस्तानको कुटनितीक सम्बन्ध पनि बिग्रिदै गएको छ । हिजोमात्र पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउँदै भारतसंगको राजनायिक सम्बन्ध तो ड्ने घोषणा गरेका छन् । पाकिस्तानले आफनो देशमा रहेका भारतीय राजदूतलाई देश छोड्न आदेश दिएको छ भने भारतस्थित रहेका उच्चायुक्तलाई पनि फिर्ता बोलाएको छ । साथै पाकिस्तानले भारतसंगको द्धिपक्षिय व्यापारमाथि पनि रोक लगाएको छ । यसबीच पाकिस्तान फेरि भारतप्रति क ठोर बनेको छ ।

उसले भारतका लागि आफनो आकास आंशिक रुपमा बन्द गरिदिएको छ । पाकिस्तानले भारतका लागि आफनो हवाईमार्गमा ११ मार्ग दिने गरेको छ जसमध्य ३ हवाईमार्ग बन्द गरिदिएको छ । साथै पाकिस्तानले आफनो आकासमा उड्ने विमानहरुको न्यूनतम उचाई पनि बढाएको छ । अब लाहाेरबाट उड्ने विमानहरुले ४६ हजार फिटभन्दा मुनि उड्न पाईने छैन । त्यसो त पाकिस्तानले बालाकोट आ क्रमणपछि भारतका लागि आफनो हवाईमार्ग लामो समय बन्द गरिदिएको थियो । केही समय अगाडीमात्र उसले भारतका लागि आफनो आकासमाथिको प्र तिबन्ध हटाएको थियो ।

तर कश्मीर मु द्धाले भारतलाई हवाईमार्गमा भने समस्या देखिने भएको छ । भारतलाई पाकिस्तानले आफनो आकाशमा प्र तिबन्ध लगाउँदा भारतीय विमान कम्पनीले अर्बाे घाटा बेहोर्नु परेको थियो । तथापी पाकिस्तानले आफनो तीन हवाईमार्ग बन्द गरिदिएपछि भारतले पनि यसमा प्रतिक्रिया दिएको छ। उसले पाकिस्तानले हवाईमार्गमा प्रतिबन्ध लगाउँदा कुनै फरक नपर्ने बताएको छ । साथै नागरिक उडड्यन सुरक्षा व्युरोले सबै हवाई अड्डामा सुरक्षा व्यवस्था क डा बनाउँन निर्देशन पनि दिएको छ। एजेन्सीको सहयोगमा ।

सम्बन्धित खवर

Back to top button