ऐहासिक रूपमै सुनकाे मूल्याे आकाशियाे
काठमाडौं : ऐतिहासिक रूपमै सुनकाे मूल्य आकाशिएकाे छ । साताको पाँचौँ दिन आज बिहीबार सुनचाँदीको मूल्य अझ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार प्रतितोला ६९ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज पाँच सय रुपियाँले बढेर प्रतितोला ७० हजार रुपियाँ कायम भएको हो ।
डलरको भाउ लगातार बढ्नाले सुनको मूल्यमा असर परेको सुनचाँदी व्यवसायी महासंघको भनाई छ । चीन र अमेरिकाको व्यापार यु द्ध तथा कश्मिर का ण्डले गर्दा सुनको मूल्य निरन्तर बढ्दै गएको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।
महासंघका अनुसार आज तेजावी सुनचाँदीको मूल्य प्रतितोलामा ६९ हजार ७०० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ७७० रुपियाँ कायम गरेको छ ।
त्यस्तै, चाँदीको मूल्य ८२५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७०७ रुपियाँ ५० पैसा कायम गरेको छ ।