हाजिर हुन नपाएका कर्मचारी मन्त्रालयमै बसे ध र्ना
काठमाडौं : हाजिर हुन नपाएका कर्माचारीहरू सामान्य प्रशासन मन्त्रालयमै आएर ध र्ना बसेका छन् । स्थानीय तहमा समायोजन भएका कर्मचारी हाजिर गर्न नपाएपछि सिंहदरबार आएर सामान्य प्रशासन मन्त्रालयमै ध र्ना बसेका हुन् ।
उनीहरूले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा समायोजनमा परेका करिब एक सय भन्दा कर्मचारी बिहीबारको ध र्नामा सहभागी थिए ।
आफूलाई खटाइएको कार्यालयमा हाजिर गर्न नपाएपछि उनीहरू मन्त्रालय आइपुगेका हुन्। गएको १७ गतेसम्म उनीहरूलाई मन्त्रालयले हाजिर गर्ने व्यवस्था मिलाएको थियो। तर आइतबारदेखि त्यो पनि बन्द भएपछि कर्मचारीहरू ध र्ना बसेका हुन्। मन्त्रालयकाे मूल गेटमै कर्मचारीहरू ध र्ना बसेका हुन्।
काठमाडौं महानगरपालिकामा खटिएका उपसचिव ओमकुमार श्रेष्ठ गुनासाे गर्दै भन्छन् ‘मन्त्रालयका सचिवले कर्मचारीहरू खटिएकै स्थानमा हाजिर भई काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए पनि त्यसो हुन सकेन।’
‘सचिवज्यूले जहाँ समायोजन भएको छ, त्यहाँ हाजिर गर्ने र तलब खाने व्यवस्था मिलाउने जिम्मा मेरो भयो भन्नुभएको थियो’, उनले भने, ‘न उता हाजिर गर्न पाइन्छ, न त मन्त्रालयले नै यहाँ हाजिर गर्न दियो।’
उनका अनुसार विभिन्न स्थानीय तहका गरी १२० जना ध र्नाममा सहभागी छन्। सूर्यविनायक नगरपालिकाका पाँचौ तहका कर्मचारी रामबहादुर कार्कीले हाजिर गर्न नपाएपछि ध र्ना बस्न आउनु परेको बताए।