सांसदमा ऊर्जामन्त्री बाेल्ने र वत्तिकाे लाइन जाने पालाे जुरेपछि…

काठमाडौं : विहीबार संसदमा ऊर्जामन्त्री बर्षमान पुन अनन्तले सम्बोधन गरिरहँदा बत्तीकाे लाइन गएकाे थियाे । उनी बाेल्दाबाेल्दै झ्याप्पै बत्तिकाे लाइन गएपछि सांसदहरूले मन्त्री माथि नै प्रश्न तेर्स्याए । करिब १५ सेकेन्ड बत्ती गएपछि केहीबेर संसद हलमा अँध्यारो छाएकाे थियो ।

संसद बैठकमा ऊर्जामन्त्री नै बोलिरहँदा बत्ती गएपछि प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले मन्त्री माथि प्रश्न तेर्स्याएका थिए । प्रतिपक्ष दलका सांसदहरूले मन्त्री पुनकाे सक्षमता माथि प्रश्न गरेका हुन् ।

ऊर्जामन्त्री बोल्दै गर्दा बत्ती गएपछि नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रश्न गर्दै भने, ‘माननीय ऊर्जामन्त्री आफैं बोल्दै गर्दा संसदमा बत्ती जानुले देशको विद्युत आपूर्तिको अवस्था कस्तो छ भन्ने कुरा प्रस्ट पार्छ ।’

सम्बन्धित खवर

Back to top button