यसकारण आलाेचित बने पर्यटन मन्त्री भट्टराई
काठमाडाैं : यतिबेला संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईकाे सामाजिक सञ्जालमा निकै आलाेचना बढेकाे छ । बाराकाे निजगढमा प्रस्तावित विमानस्थल १० लाख जनता उतारेर शिलन्यास गर्ने अभिव्यक्ति दिएपछि मन्त्री भट्टराई आलाेचित बनेका हुन् ।
रूख काटेर विमानस्थल बनाउने कुरा पहिले देखि नै निकै वि वादित रहेकाे थियाे । ‘विकास भनेको उत्सव हो’ भन्दै त्यहाँकाे जंगल भरिने गरी १० लाख जनता उतारेर निजगढ विमान स्थलकाे शिलन्यास गर्ने अभिव्यक्ति दिएपछि उनकाे आलाेचना ह्वात्तै बढेकाे हाे ।
मन्त्री भट्टराईकाे आलाेचना गर्दै सामाजिक सञ्जालमा कथाकार दीपक नेपालले लेखेकाे छन् “जोगीले खरानी घस्नु उसको पहिचान हो तर यहाँ त नयाँ जोगीले एक पाथी खरानी टाउकादेखि घोप्ट्याए !”
हेर्नुस् सामाजिक सञ्जालमा गरिएकाे आलाेचनाः
यस्ताे छ अन्नपूर्ण पाेष्टमा पर्यटन मन्त्री भट्टराईले दश लाख जनता उतार्ने कुराः
१० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास गर्ने योगेशको घोषणा
बुटवल : संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले १० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास गर्ने बताएका छन्। मन्त्री बनेपछि पहिलोपटक बुटवल आएका भट्टराईले यस्तो बताएका हुन्।
‘विकास भनेको उत्सव हो, त्यहाको जंगल भरिने गरी १० लाख मान्छे उतारेर विमानस्थल शिलान्यास हुन्छ’, उनले भने। उनले बुटवल उपमहानगरका मेयरलाई बसका बस नागरिक लान तयार भएर बस्नसमेत आग्रह गरे। मन्त्री भट्टराईले लुम्बिनीको बृहत्तर गुरुयोजना निर्माण गरेर तिलौराकोट, रामग्राम र देवदहको विकास गरिने बताए।
कम्तिमा घुम्न आएको पर्यटक तीन दिन बस्ने र अध्ययन गर्ने पर्यटक तीन महिना बस्ने वातावरण बनाइने जिकिर उनको छ। फरक प्रसंगमा मन्त्री भट्टराईले सरकारले अब रफ्तार लिने दाबी गरे। ‘सरकारले ढिलो गति भएपछि दिशा सहि लिएको छ, अब रफ्तारमा अघि बढ्छ’, उनले भने।
साढे तीन वर्षपछि हुने चुनावमा जनतासँग गरिएका प्रतिवद्धता पूरा गरेर मात्रै भोट माग्न जाने उनले बताए। लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह, सैनामैना अवलोकन गरी कोषको बैठकमा सहभागीता जनाएका छन्।