महानायक राजेश हमाल दम्पतिले आखिर ! सन्तान किन जन्माएनन् ?


नेपालका सुपर स्टार राजेश हमाललाई कुनैबेला विहे किन नगरेकाे भनी प्रश्न गरिहरेका दर्शक तथा शुभ चिन्तकहरूले फेरि बच्चा किन नजान्माएकाे भनेर प्रश्न गर्न थालेका छन् । ३ सयको हाराहारि चलचित्रमा काम गरेका अभिनेता राजेश हमालको छुट्टै शान छ । इज्जत छ ।
कहिल्यै वि वादमा नफ स्ने हमालका हरेकजसो विषय मिडियामा राम्रै मसाला बन्ने गर्छन् । बिहे नहुँदा सम्म किन बिहे भएन भन्ने प्रश्नको सामना गरिरहेका हमाललाई आजभोली भने अर्को एउटा प्रश्नले तना वमा पार्ने गरेको छ ।



सकेसम्म मिडियासँग दुरी राखेर हिड्ने हमालले दिने प्रश्नको जवाफ शैली पनि अचम्मको छ । ४ वर्ष अघि बिराटनगरकी मधु भट्टराईसँग लामो समयको प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरेका ५५ बर्षिय हमालले बास्तवमा किन सन्तान जन्माउने सोचेका छैनन त ? हालै कान्तिपुरका रामजी ज्ञवालीसँगको कफि गफमा उनले यो प्रश्नको जवाफ दिएका छन् ।
हिजो तपाइहरुले नै निरन्तर किने विहे भएन भने वा क्क पार्नुभयो, विहे गरियो अहिले फेरी अर्को प्रश्नले तना वमा पार्नुभयो, लामो हाँसोकाबिच हमालले भने, ‘बास्तवमा यो विषय मेरो श्रीमती मधु र मेरो नितान्त व्यक्तीगत निर्णय हो, सोहि कारण अहिले भर्खरै बच्चा जन्माउने निर्णय नगरेका हौैं ।’ हमाल पत्नी मधुले कहिलेकाहि बच्चाको आशा त पक्कै राख्छिन् होला ।
अभिनेता हमाललाई पनि बा बन्ने इच्छा त म रेको छैन होला । तर, उनले सन्तान जन्माउने विषयमा अहिले भर्खरै केहि पनि कल्पना नगरेको जवाफ दिएर पन्छिए । तर हमालले सवै दम्पत्तीले आफूले जस्तै वच्चा नजन्माएर बस्न नहुने तर्क राख्छन् । ‘मधु र मेरो विचार अनुसार अहिले भर्खरै बा–आमा नबन्ने सोचेका हौं, मलाई लाग्छ मधुलाई सायद सन्तानको पि रलो छैन जस्तो लाग्छ’, हमालले भने ।
हमालले आफ्नो एकल निर्णयले दाम्पत्य जीवन नचल्ने र श्रीमती मधुले चाहना नगरेसम्म बच्चा नजन्माउने बताए । यो उमेरमा पनि बच्चा नजन्माउदा धेरैलाई अचम्म लाग्न सक्छ, उनले थपे, ‘एउटा परिपक्क उमेरमा हरेक दम्पत्तीले बच्चा जन्माउनै पर्छ, सायद हामी पनि कसैका अभिभावक त बन्नेछौं, तर अहिले यो डिसिजन गरेका छैनौं ।’