‘वित्तीय साक्षरता सम्बन्धी तालिमले जीवनमा उल्लेखनीय परिवर्तन ल्यायाे’

कोहलपुर : बाँकेकाे काेहपुरमा सम्पन्न भएकाे वित्तिय साक्षरता सम्बन्धी तालिमका सहभागीहरूले वित्तीय साक्षरता सम्बन्धी तालिमले जीवनमा उल्लेखनीय परिवर्तन ल्याएकाे बताएका छन् । विभिन्न समस्याका वावुजुद वित्तिय साक्षरता सम्बन्धी तालिम अहिलेसम्म नलिएका सहभागीहरूले तालिम सकिन साथ यस्ताे प्रतिक्रिया दिएका हुन् ।

नेपाल नागरिक उद्यम सहकारी संस्था लिमिटेड कोहलपुर, बाँकेले लघु उधम विकास तथा व्यावसायिक परामर्श सम्बन्धीको दुईदिने तालिम सम्पन्न गरेको छ । नागरिक उद्यम सहकारीले विभिन्न वडाका ४८ ओटा समूहका प्रमुखहरूलाई लघु उधम विकास तथा व्यावसायिक परामर्श सम्बन्धी बुधबार र विहीबार दुई दिने तालिम दिएकाे हाे ।

तालिममा सहभागीहरूले जीवन उपयोगी ज्ञान प्रप्त गरेको उद्यम विकास सहजकर्ता पूर्ण प्रसाद पौडेलले सत्कार पोस्टलाई जनकारी दिए ।
सहजकर्ता पाैडेलका अनुसार सदस्य केन्द्रित लोकप्रिय तालिमहरु संचालन गर्दै आएको नागरिक उद्यम सहकारी संस्थाले आर्थिक वर्षकाे अन्तिम ४ महिनामा मात्रै करिब १३ सय नयाँ सदस्य थप गरेको छ ।

अन्य सहकारीहरूले अति पिछडिएका, वित्तिय साक्षरताको अभाव झेलिरहेका, विभिन्न लघु वित्तिय कर्जा रकमको दुरुपयोग गरि घरपरिवार, समाज र सिङ्गो लघु वित्त कार्यक्रमलाई नै असफल बनाइरहेकाे अवस्थामा नागरिक उद्यम सहकारी संस्थाले चलाएको वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरुले उल्लेखनीय परिवर्तन ल्याएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

काेहपुर नगरपालिका-३ की समूह प्रमुख समेत रहेकी सन्जिता कठायतले समयमै यस्तो शिक्षा अन्य संस्थाहरुले पनि चलाएको भए दिदी वहिनीहरुले अहिले झेल्नु परेका समस्या आउने नै थिएनन् भनेकी छिन् ।

विभिन्न कठिनाई र चुनौतिका वाब्जुत नैतिकता र इमान्दारीको बलले गर्दा आजको यो पहिचान सम्म आइपुगेको नागरिक उद्यम सहकारीका अध्यक्षले बताएका छन् । उनले भने ‘सदस्यहरूकाे अटुट विश्वास र विभिन्न अग्रहणी निकायहरुको सहयोग एवं भरोसाले पनि हाम्राे सहकारीलाई यहाँसम्म ल्यान ठूलो भूमिका खेलेको छ ।’

उक्त सहकारीका अध्यक्ष तथा कुशल प्रशिक्षक समेत रहेका पहाडी अझै अगाडि भन्छन् ‘जस्तोसुकै परिस्थितिको पनि सामाना गर्दै सहकारी अभियानको बीचमा नयाँ र उदाहरणीय संस्था बनाउने लक्ष्य रहेको छ ।’ बाँके जिल्लाकै नमूना सहकारी संस्था बनाउन रातदिनै खट्टिरहेकाे उनले बताए ।

सम्बन्धित खवर

Back to top button