एकाविहानै सर्लाहीबाट काठमाडाैं आउँदै गरेकाे बस त्रिशुलीमा खस्याे

काठमाडौं : एकाविहानै सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस  त्रिशुली नदीमा खसेकाे छ । बस त्रिशुलीमा खस्दा ३ जनाको मृ त्यु भएको छ। मृ त्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए।

उनका अनुसार १४ जनालाई उ द्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। बसको अधिकांश भाग नदीमा डुबेको र नदीमा पानीको वहाव अत्यधिक भएकाले उ द्दारमा कठिनाइ भइरहेको एसपी वैदवारले बताए।

बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन। ना ६ ख ७४६९ नम्बरको बस धादिङको वेनिघाट रोराङ गाउँपालिका ३ सोलाङघाटमा विहान सवा ३ बजे त्रिशुली नदीमा खसेको हो। अहिले पनि उद्दार कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

सम्बन्धित खवर

Back to top button