एकातिर वार्ता अर्काेतिर द मनः सरकारले दाेहाेर चरित्र नगर्न लेखराज भट्टकाे आग्रह

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्टले एकातिर वार्ता र अर्काेतिर द मन गरेर दोहोरो चरित्र प्रस्तुत नगर्न सरकारको ध्यानाकर्षण गर्दै वार्तामा मात्रै केन्द्रीत हुन आग्रह गरेका छन् । ‘एकातिर वार्तामा ल्याउने भन्ने अर्काेतिर उनीहरुमाथि द मन, धरप कड गर्ने त्यसरी वार्ता हुन सक्दैन। राज्यले स्पष्ट नीति बनाउनुपर्छ, उहाँलाई वार्तामा ल्याउनुपर्छ’, उनले भने।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भट्ट पूर्वसहयोद्धा नेत्रविक्रम चन्द ‘विप्लव’लाई सम्झिएर भावुक बने । विगतमा विप्लव आफ्नै घरमा बसेको र सुदूरपश्चिममा पार्टीको काम सँगै गरेको स्मरण गर्दै नेता भट्टले विप्लव समूहसँग वार्ता गर्न उच्चस्तरीय समितिको माग पनि गरे।

भट्टले अहिलेको सरकारी वार्ता टोलीले खासै पहल गर्न नसकेको बताउँदै भने, ‘विप्लवलाई वार्तामा ल्याउन अहिलेको वार्ता समितिले सकेको छैन। विप्लवलाई बुझेको मान्छे राखेर उच्चस्तरीय वार्ता समिति बनाउनुपर्छ।’

नेता भट्टले विगतामा विप्लव आफ्नो घरमा बास बसेको स्मरण गर्दै अहिले पनि उनलाई सम्झिरहेको बताए। ‘हिजो सँगै काम गरेको, शान्ति प्रक्रियामा आइसकेपछि पनि सेती महाकाली कमाण्ड इन्चार्ज भएर पनि जानु भएको थियो। मेरै घरमा बस्नुभएको थियो। उहाँको सबल र दुर्बल पक्ष थाहा छ’, उनले भने, ‘अहिलेको अवस्थामा फौ जी रुपमा जाँदा कति सफल हुने हो के हो? सधैं हामी यहीँ बाटोबाट जाँदा क्रा न्ति सफल हुन्छ भन्ने कुरा बहसको विषय हो। उहाँहरुले पनि सोचिरहनुभएको होला।’

नेता भट्टले कु मार पौडेलको ह त्या हो कि इन्का उन्टर छानविन हुनुपर्ने बताए। ‘त्यो घटना हुनुहुन्थेन। ह त्या हो भने ग म्भीर कुरा हो छानविन हुनुपर्छ’, उनले भने, ‘हिजोका सहयो द्धाहरुलाई शान्तिको बाटोमा कसरी ल्याउने भनेर सोच्नुपर्छ। छलफल गर्नुपर्छ। वार्तामा जानुपर्छ।’ याे सामग्री नागरिक दैनिकले तयार पारेकाे हाे ।

सम्बन्धित खवर

Back to top button