काठमाण्डौं : वैदेशिक रोजगार विभागले सामाखुशीमा रहेको शिवाकोटी म्यानपावरमा छापा मारेको छ । यूएई पठाउनका लागि बढी रकम लिएको भन्ने गुनासो आएपछि कामदारसँगै म्यानपावरमा पुग्दा बढी रकम लिइरहेको पाइएको विभागका सूचना अधिकारी भोलानाथ गुरागाईँले जनाकारी दिए ।
म्यानपावरका कर्मचारीले यूएई पठाउने भन्दै कामदारसँग १० हजार रुपैयाँ लिँदै गरेको भेटिएको विभागले जनाएको छ । आज शुक्रबार भएकाले थप छानबिन आइतबार गर्ने र म्यानपावर सञ्चालकलाई पनि आइतबार नै विभागमा उपस्थित हुन भनिएको सूचना अधिकारी गुरागाईँले जानकारी दिएका छन् ।
विभागले ‘अनुगमन टोली परिचालन कार्यविधी, २०७६’ बनाएर म्यानपावरको अनुगमन ती व्र पारेको छ । विभिन्न म्यानपावरले शनिबार या बिदाको दिन पारेर कामदारसँग अत्यधिक पैसा असुल्ने, गैरकानुनी अन्तर्वार्ता लिने जस्ता कार्य गर्न थालेको गु नासो आएपछि विभागले पछिल्लो समय आक श्मिक अनुगमन गर्दै आएको छ।
साउन महिनामा मात्रै शिवाकोटी म्यानपावरसहति ८ वटा म्यानपावरमा आक श्मिक अनुगमन गरिएको विभागले जनाएको छ ।