घुस खाने सब-इन्जिनियर प क्राउ


जनकपुरधाम : धनुषाको नगराइन नगरपालिकाका एक सब-इन्जिनियर ५५ हजार रुपैयाँ घुससहित जनकपुरबाट पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नगराइन नगरपालिकाका सब-इन्जिनियर उमेश मण्डललाई शुक्रबार साँझ ६ बजे ५५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।



मण्डलले काम सम्पन्न भएको योजनाको भुक्तानी गराई दिने भन्दै जनकपुर अञ्चल अस्पताल अगाडि एक सेवाग्राहीसँग घुस लिइरहेको बेला प क्राउ गरेको आयोगले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।