अमेरिका-चीन एक अर्कालाई ध म्कि दिंदै

काठमाडौंं : हङ्‌कङमा शुरू भएका नयाँ प्रद र्शनहरूका बीच चीन र संयुक्त राज्य अमेरिकाले एकअर्कामाथि ग म्भीर आ रोप लगाएका छन्। एकजना अमेरिकी कूटनीतिज्ञको नाम र अधिकारकर्मीहरूसँग उनले कुरा गर्दै गरेको तस्वीर एउटा चिनियाँ सरकारी पत्रिकाले प्रकाशित गरेपछि अमेरिकाले बद माश सत्ता भन्दै बिहीवार चीनको नि न्दा गरेको थियो।

चीनले त्यसलाई खा रेज गर्दै गु ण्डातर्कू भनेको छ। हङ्‌कङको मामिलामा अमेरिकाले हस्त क्षेप गरेको अमेरिकामाथि उसले निरन्तर आ रोप लगाउँदै आएको छ।

अधिकारकर्मीहरू तीनदिने प्रद र्शनका लागि हङ्‌कङ विमानस्थलमा जम्मा भएको पृष्ठभूमिमा चीन र अमेरिका आ रोपप्रत्यारो पमा ओर्लिएका हुन्। कालो पोशाक लगाएका प्रदर्शवनकारीहरूले विदेशी पर्यटकमा चेतना जगाउने भन्दै विमानस्थलको आगमन कक्षमा बसेर ब्यानरहरू देखाएका छन्।

सुपुर्दगीसम्बन्धी विधेयकको विरो धबाट शुरू भएर बृहत्‌ स्वतन्त्रताको माग गर्नेमा परिणत भएका प्रदर्शनहरू हप्तौँदेखि चलेका छन्। पहिला ब्रिटेनको उपनिवेश रहेको हङ्‌कङको आफ्नै कानुनी र न्यायिक प्रणाली छन्।

हङ्‌कङ सन् १९९७ यता एक देश, दुई प्रणाली अन्तर्गत चीनको अङ्गरहि आएको छ।

त्यसले गर्दा विशेष प्रशासनिक एकाइले न्यायिक स्वतन्त्रतासहित मुख्यभूमिजस्तो नदेखिने स्वतन्त्रता उपभोग गर्दै आएको छ।

विवाद के होर ?

बिहीवार चीनले हङ्‌कङका प्रदर्श नकारी नेताहरूसँग आफ्ना कूटनीतिज्ञहरूले भेटघाट गरेको भन्ने रिपोर्टबारे बताउन अमेरिकालाई भन्यो।

अमेरिकी कूटनीतिज्ञ जुली ईदेहले एउटा होटलमा विद्यार्थी नेताहरूसँग भेटिरहेको तस्वीर बेइजिङ समर्थक ता कुङ्ग पाओ नामक पत्रिकाले विदेशी शक्तिको हस्त क्षेप शीर्षकमा छापेको थियो।

हङ्‌कङको राजनीतिक सङ्क टमा अमेरिकाले हस्तक्षेप गर्दै आएको चीनको आ रोप रहिआएको छ। अमेरिकाले चिनियाँ आ रोप अस्वीकार गरेको छ र आफ्ना कूटनीतिज्ञहरूले सरकारदेखि व्यापारिक समूहका नेतासम्मलाई भेट्ने गरेको बताएको छ।

पत्रिकामा आएको रिपोर्टको उसले आलोचना समेत गरेको छ।

अमेरिकी विदेश मन्त्रालयकी एकजना प्रवक्ताले भनिन्, ‘मलाई लाग्दैन त्यो एउटा औपचारिक वि रोध हो। त्यो त एउटा बद माश सत्ताले गर्ने कुरा हो।’ उनको भनाइ छ, एउटा जिम्मेवार राष्ट्रले त्यस्तो व्यवहार देखाउँदैन।

अमेरिकाबाट युगाण्डा तर्कू आएको भन्दै चीनले त्यसलाई खा रेज गरेको छ र अर्काको आन्तरिक मामिलामा अमेरिकाले हस्त क्षेप गर्ने कार्य बन्द गर्नुपर्ने भनेको छ। विविसी

सम्बन्धित खवर

Back to top button