फेरी उत्तर कोरियाले गर्‍यो दुई मिसाइल परिक्षण

काठमाडौं : उत्तर कोरियाले फेरी दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। शनिवार बिहान उत्तर कोरियाले छोटो दूरीका दुई क्षेप्या स्त्र जापानको समुन्द्रतिर प्र हार गरेको हो।

त्यसको पुष्टि भइसकेको छैन। तर छोटो दुरीका बलिस्टिक मिसाइल प्रक्षे पण गर्नु संयुक्त राष्ट्रसङ्घको सुरक्षापरिषद्का ११ वटा प्रस्तावको उल्लङ्घन हुन्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनबाट ‘एउटा अतिसुन्दर पत्र’ प्राप्त गरेको बताएपछि ती प्रक्षे पणहरू भएका हुन्।
याे पनि पढ्नुस्
झ्यालबाट उछिट्टिएर बाँचे‍

काठमाडाैं : त्रिशुली नदीमा बस खस्दा बाँचेर धादिङकाे गजुरीस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार गराइरहेका सर्लाही मलङगवा ३ का दिनेश ठाकुरले भने म निदाएको थिएँ। एक्कासी बस सडकबाट खसेछ। म झ्यालबाट उछिट्एिछु। अनिमात्र थाहा पाएँ। बस हेर्दा हेदै नदीमा डुब्न पुग्यो। बस पल्टिदा पाखामा उछिट्टिएकाहरुको रुवाबासी थियो।

म साह्रै आ त्तिए। के गर्ने के नगर्ने ठम्याउन सकिन। म किनारामै उछिट्एको थिएँ। खुट्टा भने बेस्सरी दुखेको थियो। रातको समय भएकाले अन्धकार थियो। कतै केही देखिएको थिएन।

दुःखले झार र बुट्टा समाउँदै सडकमा निस्किएँ। अरु बसलाई दुर्घटनाको खबर दिएँ। केही बेरमै प्रहरी आएपछि मलाई अस्पताल पठाइयो।

बसका सबै सिटमा भरी यात्रु थियौँ। कतिलाई के भयो केही थाहा छैन। म भने झ्याल खुलै भएकाले बस खस्दा बाटोमै झरेँ। मलाई मेरो भाग्य दह्रो रहेछ भन्ने लागेको छ। खोलामा पसेको भए बाँच्ने सम्भावनै थिएन। दिन नपुगेकाले होला बचेँ। आज नयाँ जीवन पाएको अनुभूति भएको छ।

सम्बन्धित खवर

Back to top button