काठमाडाैं : तान्जानीयामा पेट्रोल बोकेको ट्याङ्कर वि स्फोटन हुँदा कम्तीमा ६० जनाको मृ त्यु भएको छ भने ७० घा इते भएका छन् । देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर वि स्फोटन भएको प्रहरीले जनाएको छ । घटनास्थल राजधानी दार एस सलामदेखि २० किलोमिटर टाढा पर्दछ ।
प्रहरीका अनुसार ६० जनाको घ टनास्थलमै मृ त्यु भएको र अरु ७० भन्दा बढी जलेर घा इते भएका छन् । उनीहरुमध्ये अधिकांशको अवस्था ग म्भीर रहेको जनाइएको छ । “हामी एकदमै ह तारमा छौँ, अहिले खोजी तथा उ द्धारमा लागिरहेका छौँ,” प्रहरीले सिन्ह्वासँग टेलिफोनमा बताए ।
उनले खोजी तथा उ द्धारका लागि सुरक्षाकर्मी, उ द्धारकर्मी, स्थानीय बासिन्दा लगायत खटिएको पनि जानकारी दिएका छन् । घाइतेमध्ये धेरैको अवस्था ग म्भीर भएकाले मृ त्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने ती अधिकारीले अनुमान गरेका छन् ।
ज लेर घाइते भएका मध्ये ३९ जनालाई थप उपचारका लागि मुहिम्बीली राष्ट्रिय अस्पतालमा लगिएको पनि उनले बताएका छन् । स्थानीय समय अनुसार बिहान ८ बजे दु र्घटना भएको हो । एउटा मोटर चालकलाई छलेर अगाडी बढाउन खोजीरहेका बेला ट्याङ्कर प ल्टिएको हो ।
ट्याङ्कर पल्टिएपछि ट्याङ्करबाट चुहिएको तेल स्थानीय बासिन्दाले थापिरहेका बेला आग लागी भएर वि स्फोट भएको र उनीहरुको मृ त्यु भएको हो ।