काठमाडाैं : राजनीतिक विष्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागार्जुनवाट पनि निकाल्ने भन्दै दिएको अभिब्यक्तिको विरोध गरेका छन् । उनले पूर्वराजाको सादगी देखी डराएका नेताहरुले जथाभावी बोल्न थालेको बताएका छन् । एउटा युट्युव च्यानललाई दिएको अन्तरवार्तामा उनले आफुलाई राजावादी भनेर गर्ने टिप्पणीको पनि खण्डन गरेका छन् । उनले पूर्वराजालाई भेट्दैमा राजावादी नहुने बताए ।
उनले राजनीतिक दलका नेताहरुले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेट्नेहरुले आफुलाई राजावादी भन्न नमिल्ने बताए । उनले केही समय अघि पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका थिए । उनले आफु एउटा राजनीतिक विष्लेषक भएका नाताले सबैसंग भेटघाट गर्ने गरेको बताए । पूर्वराजालाई नागार्जुनवाट निकाल्छु भन्नेहरु अराजक भएको बताए । जो ब्यक्ति आतंकवादी हो भनेर हेगमा लैजान्छौं भन्ने ब्यक्तिले नै पूर्वराजालाई निकाल्छु भन्न नमिल्ने बताए ।
प्रचण्डले नेतृत्व गरेको आन्दोलनले १७ हजार नागरिकको ज्यान लिएको बताउँदै उनले प्रचण्डलाई पनि ज्यान मुद्दा लगाउनुपर्ने टिप्पणी गरे । उनले राप्रपाका नेता कमल थापाले ब्यवस्था फेर्ने कुरा गर्ने अधिकार नभएको बताए । उनले नै धर्मनिरपेक्ष मानेर मन्त्रि बन्दै हिडेकाले ब्यवस्था फेर्ने कुरा गर्न नमिल्ने उनको विष्लेषण छ । कमल थापाहरु जुहारी खेल्ने हैसियतमै नरहेको टिप्पणी गरे । उनले चुनावी घोषणा पत्रमा उल्लेख गरेका कुरा भन्दा बाहिर गएर कुनै पनि राजनीतिक दलका नेता बोल्न नपाउने बताए ।
उनले अहिलेका राजनीतिक दलका नेताले राजनीतिकलाई धन्दा बनाएको आरोप लगाए । अहिले पछिल्लो पटक पत्नी सीतालाई लिएर दुवई जानुको पछाडी पनि त्यस्तै कारण रहेको उनको दावी छ । उनले प्रचण्डका छोरा प्रकाशको नाममा दुवईमा २१ अर्व रुपैया रहेको दावी गरे । त्यसैले प्रचण्ड परिवार दुवई गएको उनले दावी गरे ।
हेर्नुस् भिडियाे