फेरि परिवर्तन भयाे प्रधानमन्त्री ओली स्वदेश फर्किने तालिका

काठमाडौं : उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वदेश फर्कने कार्यक्रम पुनः स्थगन भएकाे छ । स्वास्थ्यमा समस्या देखिन थालेपछि प्रधानमन्त्री ओली केही उपचार आराम गर्नका लागि सिंगापुर हानिएका थिए ।

याे समहित प्रधानमन्त्री ओली स्वदेश फर्कने तालिका दुई पटक स्थगित भएको छ। यसअघि गत शुक्रबार नै प्रधानमन्त्री ओली स्वदेश आउने कार्यतालिका रहेपनि उपचार नसकिएका कारण आजसम्मका लागि स्थगित गरिएकाे थियो। तर ओलीको स्वदेश फिर्ता हुने तालिका आज पनि रद्द भएको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डाक्टर कुन्दन अर्याललका अनुसार स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेकोले ओली आज पनि स्वदेश नफर्किने भएका हुन्। यसअघि पनि रिपाेर्ट नआएकाे कारण देखाउँदै स्वदेश फर्कने समयतालिका स्थगन गरिएकाे थियाे ।

अस्पतालले आज साँझसम्म रिपोर्ट प्राप्त हुने जानकारी दिएका कारण प्रधानमन्त्री ओली भोलि स्वदेश फर्कन सक्ने सम्भावना रहेको अर्यालले बताए। प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ।

प्रधानमनन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते सिंगापुर गएका थिए । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ जना सदस्य सहभागी छन्।

सम्बन्धित खवर

Back to top button