अ’ज्ञात समूहले गर्याे गाउँपालिकाको गाडीमा आग’जनी


कपिलवस्तु : अचेल दिनदिनै स्थानीय जनप्रतिनिधि चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गर्न थालेका छन् । हिजाे राति मात्रै किपलवस्तु र दाङ गरी दुई जिल्लाका एक-एक स्थानीय तहका गाडीमा अज्ञात समूहले आगजनी गरेकाे छ ।
कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाको गाडीमा अ’ज्ञात समूहले आग’जनी गरेका छन्। गाउपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अ’ज्ञात समूहले गएराती आग’जनी गरेका हुन्।



शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०.५० बजेतिर आग’जनी भएको हो। आग’जनी किन र कसले गरेको भन्ने आफुलाई कुनै जानकारी नभएको अध्यक्ष चौधरीले बताए।
आग’जनीका कारण गाडी ज’लेर पूर्ण रुपमा क्ष’ति भएको छ। राति नै कपिलवस्तु नगरपालिकाको दम’कलले आ’गो निभाएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए।
यस्तै दाङकाे बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओली चढ्ने रा १ झ १५२ नम्बरको गाडीमा शनिबार राति आग’जनी भएको छ । मुर्कटी बजारस्थित घरनजिकै रहेको वडानं. ५ को कार्यालयमा पार्किङ गरेको समयमा राति १ बजेतिर आग’जनी भएको अध्यक्ष ओलीले बताए ।
प्रहरी चौकी कमिरेचौरबाट खटिएको प्रहरी र स्थानीयको सहयोगमा राती नै आ’गो निभाइएको उनले बताए । बंगलाचुली जिल्लाको उत्तर पहाडी क्षेत्रमा पर्ने गाउँपालिका हो ।
सदरमुकाम घोराहीबाट जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । घटनाबारे अनुसन्धान भैरहेको र आग’लागी कसले गर्यो भन्नेबारे खुल्न नसकेको पाण्डेले जानकारी दिए ।