कांग्रेस नेताको प्रस्तावले गोर्खा सैनिक गदगद् !
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सांसद देबेन्द्र कँडेलले भुपु गोर्खा सैनिकका सन्तानलाई वंशजको नागरिक दिनु पर्ने माग गर्नुभएको छ ।
शुक्रबार राजधानीमा भुतपुर्व सैनिक कल्याणकारी समिति नेपाल एवं ब्रिटिश गोर्खा नेपाली नागरिकताको निरन्तरता संघर्ष समिति बेलायत नेपालको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा सांसद कँडेलले गोर्खा सैनिकले बिश्वमा नेपाललाई चिनाई रहेको र उनीहरुको सन्तानलाई नागरिकता दिइनुपर्ने बताउनु भएको हो ।
नेपाललाई विश्वमा जसरी गौतम बुद्ध र सर्वोच्च शिखर सगरमाथाले चिनाइ रहेका छन् त्यसरी नै गोर्खा सैनिकले पनि नेपाललाई चिनाउने काम गरेको भन्दै उनका सन्तानहरुलाई वंशजको नागरिकताबाट बन्चित गराउन नहुने तर्क समेत गर्नुभयो ।