राजनीति जनताको लागि गर्नु पर्छ: धनराज गुरुङ

नवलपुर २६ साउन : नेपाली काङ्ग्रेस का केन्द्रिय सदस्य धनराज गुरुङले राजनीति जनताका लागि गरिनु पर्ने बताउनु भएको छ । देशमा पटक पटक व्यवस्था परिवर्तन भए पनि नेताहरु आफैमा परिवर्तन हुन नसकेको आरोप लगाउदै केन्द्रिय सदस्य गुरुङले अबको राजनिती जनताको लागि गरिनु पर्ने बताउनु भयो ।

नेविसंघ पालिका समन्वय समिती मध्यविन्दु नगरपालिकाले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा (SEE) उतिर्ण विधार्थीहरुलाई सम्मान तथा अभिमुखिकरण कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय सदस्य गुरुङले उक्त कुरा बताउनु भएको हो , साथै गुरुङले जहानिया राणा शासन , निर्दलिय पन्चायती व्यवस्था , राजतन्त्र को अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र को स्थापना भैइसक्दा पनि नेताहरु देश र जनता प्रती ईमान्दार बन्न नसकेको र देश समृद्धि बनाउन सबै भन्दा पहिले नेताहरु ईमानदार हुनु पर्ने बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै नेता गुरुङले नेताहरु जनताले तिरेको करले बिलासी जीवन बिताउने तर जनताको शिक्षा र स्वास्थ्य प्रती जिम्मेवार र गम्भीरता हुन नसकेको बताउनु भयो । नेविसंघ संघ पालिका समन्वय समिती मध्यविन्दु नगरपालिकाका सभापती जितु खडका को अध्यक्षता एवं नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मध्यविन्दु नगरपालिका बाट माध्यमिक शिक्षा परीक्षा ( SEE) उतिर्ण करिब ५०० विधार्थीलाई सम्मान तथा अभिमुखिकरण गरिएको थियो ।

कार्यक्रममा नेविसंघ नवलपुरका सभापति राजेश पौडेल , नेविसंघ पुर्व केन्द्रीय सदस्य गोकुल सापकोटा , नेविसंघ पुर्व केन्द्रिय सदस्य एवं नेपाली काङ्ग्रेसका नेता प्रकाश पंगेनी , नेपाल महिला संघ नवलपुर कि उपसभापति विमला , नेपाली काङ्ग्रेसका महासमिति सदस्य विष्णु कुमार कार्की ले विधार्थीहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो । जिल्ला व्यापी रुपमा कार्यक्रमहरु अगाडी बढाएको नेविसंघ नवलपुरले यस अघिको कार्यक्रम जिल्लाको गैंडाकोट, कावासोती ,देवचुली र हुप्सेकोट मा सम्पन्न गरिसकेको र बाकी रहेका स्थानीय तहमा पनि छिट्टै यो कार्यक्रम सम्पन्न गर्ने नेविसंघ नवलपुरका सभापति राजेश पौडेलले जानकारी दिनु भयो ।

सम्बन्धित खवर

Back to top button