चार सिरियाली नागरिक विमास्थलबाटै फिर्ता पठाइयाे

काठमाडौं : त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्न खोज्ने चार जना सिरियाका नागरिकलाई इन्ट्री रिफ्युज (फिर्ता) पठाइएको छ । अध्यागमन विभागले फ्लाइ दुवईबाट नेपाल आएका चार सिरियाका नागरिकलाई त्रिभुवन विमानस्थलस्थित अध्यामगन कार्यालयले नेपाल प्रवेश गर्न नदिइ फिर्ता पठाएको हो ।

सिरियाका नागरिकले आगमन प्रवेशाज्ञा (अनअराइभल) पाउँदैनन् । फिर्ता हुनेमा दुई पुरुष र दुई महिला रहेका छन् । अध्यामगनले सारबेल कोइरी, मोनिर क्वास, अमाल नायफ र फतामे तहेसालाई नेपाल प्रवेश नदिएको हो ।

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख कुमारबहादुर खड्काले अवैध नेपाल प्रवेश गर्न खोज्ने सिरियाली, इरानीलगायतका विदेशीलाई प्रवेश गर्न नदिइएको बताए । ‘अवैध ढंगले नेपाल प्रवेश गर्न खोज्नोलाई उतै फर्काइदिने गरेका छौँ । ती सिरियालीसँग नेपालको भिसा नै थिएन’ उनले भने ।

सम्बन्धित खवर

Back to top button