साेमबार सार्वजनिक विदा

काठमाडाैं : सरकारले भोलि सोमबार सार्वजनिक विदा दिने भएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा प्रदेश २ सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए ।

मुख्यमन्त्री राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै इदका अवसरमा समस्त मुस्लिम समुदायलाई शुभकामना सन्देश पनि दिएका छन् ।

शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् । प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरे पनि केन्द्र सरकारले भने अहिलेसम्म विदासम्बन्धी निर्णय गरिसकेको छैन । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अहिलेसम्म विदाबारे निर्णय नभएको जानकारी दिए ।

श्रावण २७, २०७६ मा प्रकाशन एवं प्रसारणार्थ

शुभकामना !

इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “ईद उल जोहा” का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लीम दिदीवहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवं स्मृद्धिका लागि हार्दिक शुभकामना प्रकट गर्दछु ।

इद उल जोहाको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउदै आएको छ । यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु ।

लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा इस्लाम धर्मावलम्वी दिदीवहिनी तथा दाजुभाईहरुको महत्वपूर्ण योगदान रहदै आएको छ । लोकतन्त्रको रक्षार्थ मुस्लीम दिदीवहिनी तथा दाजुभाइहरु अझ वढि जिम्मेवार रहनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

अन्त्यमा, ‘इद उल जोहा’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्वीहरुमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्वी दिदीवहिनी तथा दाजुभाईहरुमा पुनः हार्दिक शुभकामना प्रकट गर्दछु ।

जय नेपाल !

शेरबहादुर देउवा
सभापति

सम्बन्धित खवर

Back to top button